काठमाडौं । काठमाडौंको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्द्धन मेला २०८२-०८३’ सुरु भएको छ । डिग फर नेपाल र वल्ड मार्ट युनिक सोलुसन्सद्वारा संयुक्तरूपमा आयोजित मेला चौथो जैविक विविधता दिवसका अवसरमा हरेक शनिबार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ । माघे संक्रान्ति विशेष कार्यक्रमअन्तर्गत मौलिक परिकार तथा फुड फेस्टिभल, परिकार प्रदर्शनी, लाइभ कुकिङ, मौलिक भान्साघरद्वारा फुड फेस्टिभल र स्थानीय तथा रैथाने खानाको प्रवद्र्र्धन गरिएको छ ।
प्रमुख परिकारमा चाकु, तिल, तरुल, खिचडी, सेलरोटी, घ्यू-महलगायत परम्परागत स्वाद समावेश छन् । तयारी चरण माघ ३ गते हुनेछ, जसमा सहभागी पालिकाका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी मेलाको उद्देश्य, कार्यविधि, स्टल व्यवस्थापन, ब्राण्डिङ र बिक्री रणनीति साझा गरिने जनाइएको छ ।
आयोजकका अनुसार माघ १० गते स्टल र प्याभेलियन संरचना स्थापना र प्रचार–प्रसार सामग्री जडान सुरु हुनेछ भने माघ १७ गते सातै प्रदेशबाट ३० पालिकाको सहभागितामा स्थानीय तथा मौलिक उत्पादनको प्रदर्शनी र मौलिक परिकारको स्वाद अनुभव गराइनेछ । माघ २४ गते मेलाको औपचारिक उद्घाटन समारोह आयोजना हुने ५२ हप्ते मेला औपचारिकरूपमा घोषणा गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलाले ग्रामीण नेपालको स्वाद शहरी घरधुरीसम्म पु¥याउने दीर्घकालीन प्रयासका रूपमा काम गर्नेछ । दुर्गम क्षेत्रका साना किसानबाट संकलित कच्चा पदार्थलाई पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्रीका रूपमा उपभोक्तासम्म पु¥याइनेछ । जसले किसानलाई उचित मूल्य सुनिश्चित गर्नुका साथै स्थानीय प्रशोधन, प्याकेजिङ र रोजगारी सिर्जनामा समेत योगदान पु¥याउने विश्वास लिइएको छ ।
सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, स्थानीय कृषि तथा गैर-कृषि उत्पादनको प्रदर्शनी र प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक र लगानीकर्ताबीच व्यावसायिक सञ्जाल, परम्परागत संगीत र सांस्कृतिक पोशाकको प्रस्तुति मेलाको मुख्य आकर्षण हुने बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच