काठमाडौं । चितवनमा आठौं एग्रिटेक इन्टरनेसनल एक्स्पो सुरु भएको छ । शुक्रबार एक्स्पो उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले कृषिजन्य व्यावसायिक उत्पादनका लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनुपर्ने बताउनुभयो । विदेशका प्रविधिहरू नेपालमा भिœयाउंँदै उत्पादनमा वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।
कृषकले निर्वाहमुखीभन्दा पनि व्यावसायिक उत्पादन गर्न कृषि प्रविधिको भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले कृषिमा युवा आकर्षण गर्न, आयात घटाउन, बिचौलिया निरुत्साही गरी वास्तविक किसानलाई अनुदान जस्ता कार्यक्रमलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादनअनुसारको अनुदान र ब्याज अनुदानलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, अलग्गै कार्यविधि बनाएर युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन हामी सचेत छौं ।’ मन्त्री पौडेलले समयमै रासायनिक मल प्राप्त गर्न, प्रांगारिक मल कारखाना सञ्चालन गर्न सरकार लागिरहेको बताउनुभयो । आयोजकका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ ।
तीन दिनसम्म चल्ने मेलामा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषिसम्बन्धी सयभन्दा बढी स्टलहरू रहेका छन । मेलामा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ-बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिनुभयो ।
मेला प्रवर्द्धक संस्थाका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ-नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ-नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ-नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् । नेपाल मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पो माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच