काठमाडौं । नेपाल र बंगलादेशबीचको दुर्ईपक्षीय व्यापार सहजीकरण तथा गैरभन्सार अवरोधहरू कम गर्ने विषयमा आठौं वाणिज्य सचिवस्तरीय बैठकमा मुख्य दुर्ई विषयमा सहमति भएको छ । बंगलादेशको ढाकामा भएको उक्त बैठकमा दुवै पक्षले आफ्नो प्राथमिकता प्राप्त व्यापार सम्झौताका पाठ, उत्पत्तिका नियम तथा वस्तु सूचीसम्बन्धी वार्ता छिटो टुंग्याउन आगामी तीन महिनाभित्र व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति जनाएका छन् ।
ढाकामा सम्पन्न बैठकमा दुवै पक्षले आफ्नो प्राथमिकता प्राप्त व्यापार सम्झौताका पाठ, उत्पत्तिका नियम तथा वस्तु सूचीसम्बन्धी वार्ता छिटो टुंग्याउन आगामी तीन महिनाभित्र व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति जनाएका छन् ।
त्यसैगरी भन्सार प्रक्रिया समन्वय, सीमापार भुक्तानी सहजता तथा व्यापक गैरभन्सार अवरोध समाधानका विषयमा नजिकबाट सहकार्य गर्दै व्यापार र लगानीमा थप सुदृढ साझेदारी विकास गर्ने पनि सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व बंगलादेश सरकारको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी थिए भने बंगलादेशी प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो ।
मन्त्रालयका अनुसार बैठकमा सचिव घिमिरेले अन्य कर तथा शुल्कसहितका व्यापारसम्बन्धी अवरोध घटाई द्विपक्षीय व्यापार अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । छिट्टै अल्प विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुँदै गरेको सन्दर्भमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हित प्रवद्र्धन गर्न घनिष्ठ सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । बंगलादेशका सचिव महबुबुर रहमानले व्यापार र लगानी, कनेक्टिभिटी तथा पर्यटनमार्फत् आर्थिक साझेदारीलाई थप गहिरो बनाउँदै अघि बढ्न संयुक्तरूपमा काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले यातायात पूर्वाधार स्तरोन्नति, भन्सार प्रक्रिया सरलीकरण तथा व्यापार सहजता अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुला गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बैठकमा सन् २०२४ अप्रिलमा काठमाडौंमा सम्पन्न सातौं वाणिज्य सचिवस्तरीय बैठकपछि भएको प्रगतिबारे समीक्षा भएको थियो ।
साथै दुर्ई देशबीचको लगानी सम्बन्धको समीक्षा गर्दै दुवै देशले विशेष गरी नेपालमा जलविद्युत्् विकास र वस्तु तथा सेवाको मूल्य शृंखला विकासमा संयुक्त लगानीको महत्वमा जोड दिएका थिए । बैठकको सहमतिपत्रमा दुर्ई देशका वाणिज्य सचिवहरूले हस्ताक्षर गरेका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच