काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको १३औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिबहादुर बुढाथोकी, पूर्वसञ्चालक विश्वमोहन अधिकारी र मनोविज्ञान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले वित्तीय पहुँचबाट वञ्चित समुदायलाई सेवा पुर्याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत् समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच