काठमाडौं । गत भदौको जेन-जी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको थियो । हाल कोषमा १४ करोड सात लाख रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच