काठमाडौं । कामना सेवा विकास बैंकले माघे संक्रान्तिका अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरमा स्तन क्यान्सर सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिहरूलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउनु, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्नु रहेको थियो । सहभागीहरूलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिलबाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गर्नुभएको थियो ।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरूमा पनि कार्यक्रम निरन्तररूपमा सञ्चालन गरिने बताउनुभयो ।
यसैबीच उक्त बैंकको सुर्खेत शाखामार्फत् वीरेन्द्रनगरको पर्सेनीस्थित कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरिएको छ । बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी हस्तान्तरण गर्नुका साथै ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
उक्त सहयोगले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास शाखा प्रमुख आचार्यले गर्नुभएको छ । जाडोयाममा कुर्सी तथा न्यानो कपडा प्राप्त हुँदा विद्यार्थीको दैनिकी सहज हुनुका साथै उनीहरूको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने विद्यालयका प्रधानाध्यापक उपाध्यायले बताउनुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच