काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार ५०औँ ग्लोबल हाट बजार आयोजना गरेको छ । सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ ।
५०औँ संस्करणमा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो । कार्यक्रममा साथ दिने र सहभागी हुने सम्पूर्ण व्यक्ति तथा उद्यमीहरूलाई उहाँले धन्यवादसमेत दिनुभयो ।
ग्लोबल हाट बजार प्लेटफर्मले साना र मझौला उद्यमलाई डिजिटल भुक्तानीतर्फ अभ्यस्त गर्दै उनीहरूको व्यापारलाई थप सहज र सुरक्षित बनाउने अभ्यासका रूपमा पनि काम गर्नेमा विश्वस्त रहेको उहाँको भनाइ थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच