काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिना अर्थात् पुस मसान्तसम्ममा ३९ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म चार सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।
पुससम्म चार सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको सोही अवधिमा तीन सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा तीन सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो । गत आर्थिक वर्षको छ महिनामा तीन सय ४५ साना, पाँच मध्यम र चार ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको छ महिनामा सात ठूला, आठ मध्यम र चार सय ६० साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । पुसमा मात्र ३६ साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
उक्त प्रतिबद्धता प्राप्त उद्योगहरूबाट २० हजार एक सय २२ रोजगारी सिर्जना हुने बताइएको छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख रहेको छ भने असोजमा दुर्ई अर्ब चार करोड ५७ लाख वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यस्तै, कात्तिकमा एक अर्ब ५४ करोड ३९ लाख प्राप्त भएकोमा मंसिरमा एक अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
पछिल्लो छ महिनामा सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधिमूलक क्षेत्रमा दुई सय ५७ वटा उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको हो । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा दुई अर्ब तीन करोड, पर्यटनमूलक क्षेत्रका एक सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा तीन अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । बढ्दो लगानी प्रतिबद्धतासँगै छ महिनामा एक हजार दुई सय २९ लगानीकर्ताले नेपालमा भिसाको सिफारिस मागेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई हजार एक सय १७ सयजनाले यस्तो भिसा माग गरेका थिए ।
विभागका अनुसार गत आर्थिक वर्र्ष २०८१/८२ मा नेपालमा कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो । विभिन्न क्षेत्रका आठ सय ४० परियोजनामा सो बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष आएको वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा पाँच प्रतिशतले बढी हो । अघिल्लो आवमा ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच