नेपाली साहित्यमा ‘झ्याउरे’ भन्नासाथ सर्वप्रथम महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मान्न सकिन्छ । लोकलयका अनेक प्रकारहरूमध्ये झ्याउरे एक प्रकार हो । पहिले झुत्रे-झाम्रेहरूले गाउने र नाच्ने लय मानिए पनि अहिले यसले उत्कृष्ट काव्यको रूपमा प्रतिष्ठा प्राप्त गरेको छ । उनको मुनामदन लोक छन्दमा रचिएको देवकोटाको मात्र प्रिय नरहेर नेपाली कविता क्षेत्रकै सर्वश्रेष्ठ कृति रहेको छ । देवकोटाको पहाडी पुकार पनि झ्याउरेमैं रचिएको लघुकाव्य हो ।
त्यस्तै देवकोटाले झ्याउरे छन्दमै पृथ्वीराज चौहान नामक महाकाव्य पनि रचेका छन् । यस परम्परालाई अघि बढाउने अर्का कवि धर्मराज थापा पहाडी सङ्गीत लिएर देखा पर्छन् । यही क्रममा लक्ष्मण लोहनी पनि थानसिङे कान्छा लिएर देखिन्छन् । यसै परम्परामा नीरविक्रम प्यासीले फुटकर कविता र महाकाव्यसम्मको रचना गरेका छन् । अहिले झ्याउरे छन्द सर्वत्र व्यापक भइसकेको छ ।
प्रगतिवादी चेतना रेणुमा कसरी विकसित भयो ? यो शोधखोजको पनि विषय छ । यसमा रेणुकाले अन्धविश्वासमा जकडिएको नेपाली समाजको समस्यालाई दर्शाएकी मात्र छैनन् । मधुलाई आफ्नो मुखपात्र बनाएर समस्याको समाधान पनि गरेकी छन् । यसरी समस्या र समाधान दुवैको कलात्मक प्रस्तुतिले काव्यको सुन्दर स्वरूप लिएर तीव्र प्रभाव पार्नमा सफल हुन पुगेकी छन् ।
पहिले शास्त्रीय छन्दवादी कविहरूले यसमा साहित्य रचना गर्नु हीनकर्म मान्दथे तर देवकोटाले यही छन्दमा उच्च काव्य प्रतिष्ठा प्रदान गरेपछि जुन लय लिए पनि त्यसमा काव्यिक तत्व भर्न सकियो भने त्यो राम्रो हुने मान्यता स्थापित भयो । यही परम्परामा रहेर कवयित्री रेणुका भट्टराईले मञ्जरी (२०६१) खण्डकाव्यको रचना गरेकी छन् । २०५५ सालमा ‘नजाऊ परदेश’ नामक कविता प्रकाशन गरी तथा हाइकू, मुक्तक आदि छोटा कविताको प्रकाशन गरेर साहित्यिक यात्रामा प्रवेश गरेकी रेणुकाले २०५७ साल भाद्र १ गते एकैरातमा १९ वर्षकै अवस्थामा यो काव्यको रचना गरेकी हुन् । त्यसपछि २०६१ सालमा मञ्जरी खण्डकाव्य प्रकाशित हुनपुगेको देखिन्छ । स्कुले जीवन वा केटौली अवस्थाको यो काव्यमा यतिविधि परिपक्वता होला भन्ने कल्पनासम्म गर्न सकिन्न तर यथार्थमा हामीले सोचेभन्दा धेरै किसिमले यो काव्यको विशेषता देखापर्दछ ।
त्यतिमात्र होइन एक रातमै यसको रचना भएको सुन्दा अझै अचम्भित तुल्याउँछ । पछिपछि परिष्कार र सम्पादनले यो राम्रो हुँदै गए पनि यस्तो योजनाबद्ध काव्य आउनु सामान्य कुरा होइन । कवयित्री स्वयम्ले यो स्कुले जीवनको अपरिपक्वताको उपज भएकाले केही कमी–कमजोरी हुन सक्लान् भन्ने विचार व्यक्त गरे पनि यथार्थमा यो उनकै जीवनको महान् उपलब्धि हो भन्न सकिन्छ । देवकोटाले २५ वर्षको अवस्थामा मुनामदन काव्यको रचना गरेका थिए । रेणुकाले पनि त्यस किसिमको काव्य रचना १९ वर्षमै गर्न सकेकी छन् । त्यसैले उमेर, अवस्था र ऐतिहासिक दृष्टिले पनि यस काव्यको मूल्याङ्कन हुनुपर्ने देखिन्छ ।
जस्तो विषयवस्तुको कल्पना गरेर उनले काव्य रचना गरेकी थिइन् त्यस्तै-त्यस्तै महावज्रपात उनकै जीवनमा पनि पर्न आयो । यो दैवी दुर्घटनाको संयोग हो । यौवनावस्थामैं पतिसँग वियुक्त भएर सन्तानका पालनपोषणको भार वहन गर्नुपर्यो । पहिले दुवै चखेवा-चखेवीझैं साहित्यिक जोडी थिए । खुसहाल रूपमा जिन्दगी व्यतीत हुँदै थियो तर दैवलाई त्यो मञ्जुर रहेनछ । दाम्पत्य जीवनको एक दशक पार नहुँदै रेणुकाले एकल रूपमै जीवन सङ्घर्षमा उत्रिनुपर्यो । उनी पढे-लेखेकी, उर्वर साहित्यिक चेत भएकी साहसी नारी छन् । समयको कठोर प्रहार सहन गर्दै सङ्घर्षमा जुझेकी उनी स्वयंले आत्मकथ्यमा पनि आफ्ना विचार प्रकट गरेकी छन् । अचेल आफ्नो पत्रकारिता पेशासँग सम्बद्ध हुँदै लोकलय विशेषतः झ्याउरे छन्दकी अभियन्ता भएर देखापरिन् ।
उनकै नेतृत्वमा कैयौं साहित्यिक कार्यक्रमहरू भए, ती झ्याउरे लयमै केन्द्रित थिए । सामािजक सञ्जालमा त्यसको व्यापक प्रचार–प्रसार पनि देखाप¥यो । निम्ता भएरै र जानकारी पाएरै पनि पङ्क्तिकार परिस्थितिवश उपस्थित हुन सकेन । उनले झ्याउरेमा आपूmलेमात्र रचना नगरी अरूले पनि रचना गरून् । यस छन्दमा अरूले पनि पहल गरून् । झ्याउरे लयको गरिमा बढोस् र साहित्यिक समृद्धि बढोस् भन्ने ध्येयले झ्याउरेको प्रतिनिधिमूलक रचना पनि उनले सम्पादकको भूमिकामा रहेर प्रकाशितसमेत गरेकी छन् । अब झ्याउरे भन्नासाथ उनी त्यसको प्रखर अभियन्ताको रूपमा चिनिन थालेकी छन् ।
उनको झ्याउरे लयको अभियान देखेर उनको साहित्यिक गतिविधि हेरूँ र उनको साहित्यिक अभियानलाई राम्ररी बुझेर शुभकामना प्रदान गरूँ भन्ने इच्छा जाग्यो । संयोगले जनमतको साहित्यिक कार्यक्रममा उनीसँग साक्षात्कार हुने अवसर प्राप्त भयो । उनीबाट सम्पादित र विरचित कृति हात पारूँ र आफ्ना धारणा राखूँ भन्ने इच्छा जागृत भयो । उनले पनि भेट हुनासाथ ‘तपाईंसँग झ्याउरे लयका कुनै रचना वा कृति भए मलाई दिनुहोस्’ भनेकी थिइन् तर मसँग त्यससम्बन्धी कुनै कृति थिएनन् । तत्काल मलाई उनका कुनै कृति हात परेनन् । सामाजिक सञ्जालमै उनीसँग मैले आफ्ना कुरा राखेँ । उनले खुशी भएर हार्दिकतापूर्वक आफ्ना कृतिहरू कुरियरमार्फत उपलब्ध गराउन पुगिन् । उनको साहित्यिक निष्ठा र लगावप्रति म आभारी रहेँ ।
हाल उनको मञ्जरी (खण्डकाव्य) तेस्रो संस्करणको रूपमा आइसकेको छ । यसले पनि कृतिको स्तरीयतालाई झल्काउँछ । यसमा उनको आत्मकथ्यसहित ख्यातिप्राप्त विद्वान् प्राडा.हेमनाथ पौडेल, प्राडा.देवी नेपाल र महेश पौड्यालका भूमिकाहरू समाविष्ट छन् । डा.ओमवीरसिंह बस्न्यात र अर्जुन विरक्तिको भूमिका पनि सन्निहित छ । यिनै भूमिकाले यस काव्यका विशेषतालाई मुखरित गर्छन् । सामाजिक विषयवस्तुलाई उठान गरेको यस काव्यले अन्तर्वस्तु र रूप तथा नारी संवेदना, करुणा र जागृतिलाई दर्शाएको छ भन्ने निष्कर्ष प्राप्त हुन्छ । रेणुकाका झ्याउरे छन्दमा आधारित दुई काव्य हुन्-मञ्जरी (२०६१) फेरि दोस्रो संस्करण २०८१ साउन र तेस्रो संस्करण भाद्र २०८१ भयो भने मञ्जरीको अङ्ग्रेजी अनुवाद २०८२ मा आइसकेको छ ।
साथै यसैका आधारमा रेणुकाले झ्याउरे छन्द कविता लेखन पुर्जागरण अभियान थालेकी हुन् । त्यसपछि ‘मेरो हजुर’ (२०८१) पनि प्रकाशित गरेकी छिन् । झ्याउरे छन्दमा लेखिएको नारी हस्ताक्षरको प्रथम महाकाव्य ‘जमुना’ २०८२ मा समेत प्रकाशित भएको छ । तर ‘मञ्जरी’ पहिलो विवाह हुनुअघि रचिएको काव्य हो भने दोस्रो ४३ वर्षको उमेरमा पतिसँगको सम्बन्धलाई नै विषयवस्तु बनाएर रचिएको काव्य हो । तेस्रो जमुना महाकाव्य आत्मपरक रेणुका कै जीवनको अर्को दर्पणको रुपमा आएको छ । जन्मदेखि ४६ वर्षको जीवन सङ्ग्रसको जीवन कथाको मालाका रुपमा आएको छ । रेणुकालाई बुझ्न अब यस कृतिले सहयोग समेत गर्ने छ भन्ने मेरो ठम्याइ छ ।
लोकलय रच्न जति सजिलो छ, त्यसलाई काव्यिक तत्वले शृङ्गार गरेर सुवासित तुल्याउन त्यत्तिकै चुनौतीपूर्ण छ । सरलतामा सौन्दर्यको सृष्टि गर्नु मत्त्वपूर्ण कुरा हो । मञ्जरीमा लयमा उनिएका शब्दमात्र छैनन्, वैचारिक विन्यासका साथै क्रान्तिचेतना, प्राकृतिक, सांस्कृतिक, सामाजिक परिवेश आदि विविध रूपमा यसका विशेषता मुखरित भएका छन् । विचार र कलाको सन्तुलित र समन्वित रूपले हरकसैलाई प्रभाव पार्न सक्षम देखिन्छ । यो नारीवादी चिन्तन र विचारको उत्कृष्ट प्रस्तुति हो भन्नमा पनि दुविधा छैन । अन्तर्वस्तु, रूप, संवेदना, करुणा र जागृतिले झ्याउरे छन्दमै पनि यो उत्कृष्ट नमुना बनेको छ । पहिलो पटकमै यति उत्कृट काव्य बन्नुमा पक्कै पनि रेणुकाले काव्यिक तत्वलाई आत्मसात् गरी झ्याउरेका उत्कृष्ट रचना पढेको र कथ्य रचनामा तिनको राम्रो अभ्यास गरेको हुनुपर्छ । यदि त्यो नहोस्, त्यो संस्कारगत रूपमै यो उनको नैसर्गिक प्रतिभाको उपज हो भन्न सकिन्छ ।
एकातिर वियोगजन्य अवस्था, त्यसमाथि थपिन आएका नानाथरी समस्या र रोगले पनि उनलाई गालेर अवरोध पुर्याइरहेको अवस्था देखिन्छ । काव्य पढ्दा पनि अवगत हुन आउँछ । जे होस्, झ्याउरे कविता परम्परामा रेणुकाको स्थान अग्रपङ्क्तिमा रहेको तथ्य सुनिश्चित नै देखिन्छ । दुवै काव्यबीच तुलना गर्दा मञ्जरी र मेरो हजुरबीच निकै भिन्नता देखापर्छ ।
जतिबेला यो काव्य रचिएको थियो, त्यतिबेलाको ग्रामीण परिवेशमा नारीलाई धेरै पढाउन हुन्न, साक्षरमात्र गराए पुग्छ, यो अर्कैका घरमा जाने जात हो भन्ने कुसंस्कार विद्यमान थियो । परिवारभित्र दैवी दुर्घटना आइपरेमा अलच्छिनी नारी भएरै यस्तो भएको हो भनी नारीप्रति नाना लाञ्छना लगाउने गरिन्थ्यो । त्यही कुसंस्कार, कुप्रथा र अन्धविश्वासलाई रचनाको विषयवस्तु बनाएर रेणुकाले समाजमा नयाँ चेतना जागृत गराउन खोजेकी छन् । यो नारीवादी चेतनाको उत्कृष्ट स्वर मान्न सकिन्छ । यसले उनको काव्यलाई सुन्दर र कलात्मक तुल्याएको छ ।
यस्तो प्रगतिवादी चेतना रेणुमा कसरी विकसित भयो ? यो शोधखोजको पनि विषय रहेको छ । यसमा रेणुकाले अन्धविश्वासमा जकडिएको नेपाली समाजको समस्यालाई दर्शाएकी मात्र छैनन् । मधुलाई आफ्नो मुखपात्र बनाएर समस्याको समाधान पनि गरेकी छन् । यसरी समस्या र समाधान दुवैको कलात्मक प्रस्तुतिले काव्यको सुन्दर स्वरूप लिएर तीव्र प्रभाव पार्नमा सफल हुन पुगेकी छन् ।
रेणुकाले दुवै काव्य मञ्जरी (२०६१) र मेरो हजुर (२०८१) मनोयोगपूर्वक पढेँ । पहिले नै योजनाबद्ध रूपमा त्यति उच्चस्तरीय काव्यरचना गरिसकेकी रेणुकाले मेरो हजुर रच्नु त्यति ठूलो कुरा होइन भन्ने लाग्छ । रेणुकामा भएको त्यो प्रतिभाको पृष्ठभूमिले झ्याउरे छन्दमै महाकाव्य लेखिसकेको पाइनु सुखद् हो । महाकाव्यका विषयमा छुट्टै विष्लेषण गर्नेछु । यद्यपि मेरो हजुर पनि काव्यिक दृष्टिले त्यति कमजोर छैन । आफ्ना पतिप्रियतम हजुरलाई सम्झेर रचिएको कविता वा काव्य निकै कारुणिक र हृदयहारी छ । यो शोककाव्यको उत्कृष्ट नमुना भने हुन्छ । आफ्नो जीवनमा सुनामी वा भैंचालो गएर निकै मर्मान्तक अवस्था बेहोर्न पुगेकी रेणुकालाई साहित्यमा लागेर काव्यिक चिन्तन, मनन र सिर्जन गर्ने अवस्था नरहेरै होला उनका अधिक काव्यहरू जन्मिन सकेनन् ।
एकातिर वियोगजन्य अवस्था, त्यसमाथि थपिन आएका नानाथरी समस्या र रोगले पनि उनलाई गालेर अवरोध पुर्याइरहेको अवस्था देखिन्छ । काव्य पढ्दा पनि अवगत हुन आउँछ । जे होस्, झ्याउरे कविता परम्परामा रेणुकाको स्थान अग्रपङ्क्तिमा रहेको तथ्य सुनिश्चित नै देखिन्छ । दुवै काव्यबीच तुलना गर्दा मञ्जरी र मेरो हजुरबीच निकै भिन्नता देखापर्छ । मञ्जरी योजनाबद्ध आख्यानको आधार लिएर रचिएको वैचारिक क्रान्तिपरक काव्य हो भने मेरो हजुर वियोग र वेदनाको मार्मिक अनुभूतिको काव्य हो । आयामका दृष्टिले पनि मेरो हजुरभन्दा मञ्जरी दुगुनाभन्दा बढी छ । मेरो हजुरमा ९० मात्र श्लोक छन् भने मञ्जरीमा १९२ श्लोकहरू छन् । मेरो हजुर शैलीगत रूपमा अपेक्षाकृत लालित्यमय छ तर काव्यिक योजना, वैचारिक आवाज र क्रान्ति चेतनाका दृष्टिले मञ्जरी निकै उच्च रहेको अनुभव हुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच