संसारमा जति पनि विजयका पताका फैलिएका छन् सबै आत्मनिर्भरको बाटोमा अघि बढेर नै प्राप्त भएको हो । चाहे व्यक्ति भनौ वा देश आत्मनिर्भरले नै सफलताको शिरमा पुर्याउने गर्दछ । जसबसम्म हामी अरूको भरमा चल्ने गर्दछौँ तबसम्म हाम्रो उन्नति हुँन सक्दैन । अरूले दिएको वस्तुले जीवन धान्दैन । दिने व्यक्तिले वा देशले पनि कुनै न कुनै स्वार्थ नराखी दिएको हुँदैन । सित्तैमा पाउने लोभमा फस्नाले उन्नतिका आधारलाई लत्याइरहेको हुन्छ । यसैले गौरवपूर्ण इतिहास रच्नका लागि पनि हामी स्वयंमा आत्मनिर्भर रहनसक्नुपर्दछ । जसबाट हाम्रो स्वाभिमान बँच्न सक्छ, स्वकीय पन रहनसकछ र अरू सामु पनि ठाडो शिर लिएर बाँच्न सक्दछौँ । संसारमा ठूलाले सानालाई शासन गर्नेभन्दा पनि निर्बललाई सबलले शासन गर्ने हो ।
संसारमा ठूलाले सानालाई शासन गर्ने भन्दा पनि निर्बललाई सबलले शासन गर्ने हो । शक्तिमा सम्पन्न व्यक्तिलाई कसैले पनि लल्कार्न सक्दैनन् । कमजोरलाई नै हो सबैले हेला गर्ने । जबसम्म हामी स्वावलम्बी हुँदैनौ तबसम्म हामी आफ्नो स्वत्वमा रहनसक्दैनौँ, शक्तिको शिखरमा रहँन सक्दैनौँ । अनुदानको आसमा चल्नु स्वकीय पन त्याग्नु हो ।
शक्तिमा सम्पन्न व्यक्तिलाई कसैले पनि लल्कार्न सक्दैनन् । कमजोरलाई नै हो सबैले हेला गर्ने । जबसम्म हामी स्वावलम्बी हुँदैनौ तबसम्म हामी आफ्नो स्वत्वमा रहनसक्दैनौँ, शक्तिको शिखरमा रहँन सक्दैनौँ । अनुदानको आसमा चल्नु स्वकीय पन त्याग्नु हो । अनुदानले मान्छेलाई अल्छी बनाउने गर्दछ । पैसा दिनेभन्दा पनि पैसा कमाउनसक्ने सामथ्र्य दिने व्यक्ति महान् हुन्छन् । हामी हरेक कुरामा आत्मनिर्भर रहन सक्नुपर्दछ । विशेषतः यो संसारमा हरेक व्यक्ति स्वयं आफैँमा पूर्ण छ । जे भोग्छ आफैँले भोग्छ र भोग्नु पनि पर्दछ । एक्लै जन्मिने र एक्लै मर्ने संसारमा हरेक कुरा आत्मनिर्भर भएमात्र सम्भव छ अन्यथा परजीवी हुनु स्वाधीनता गुमानु हो । हरेक विषयको परीक्षा अन्तिम घडीमा हुन्छ । जसले अन्तिमसम्म साथ दिन सक्छ त्यो वास्तवमा असली साथी हुन्छ । जब हमीले त्यो लड्नसक्ने सामथ्र्य गुमाउछौँ तब हाम्रो असितत्व पनि सकिएर जान्छ ।
कसैले सहयोग गर्दैछ भने त्यहाँ कुनै न कुनै स्वार्थ अवश्य नै रहेको हुन्छ । केही दीर्घकालिक होलान् त केही अल्पकालिक हुन सक्छन् । कुनै न कुनै स्वार्थविना कसैले पनि सहयोग गर्दैनन् । यसैले संसारमा सार्थक जीवन व्यतीत गर्नु छ भने आत्मनिर्भर भएर नै अघि बढ्न सक्नुपर्दछ । चाहे व्यक्ति होस् चाहे देश नै किन नहोस् आत्मनिर्भर हुनु, स्वावलम्बी हुनु वास्तमा सार्थक रूपमा जिउनु हो ।
जङ्गलमा पनि हरिणले एक्लै सिंहसँग बाँच्ने हो । ऊ सक्षम भयो, चलाख भयो, ऊ आफ्नो सुरक्षका निम्ति आफैँ सजग भयो भने सफलता मिल्छ अन्यथा मिल्दैन । सिंहले आक्रमण गरिसकेपछि पनि लड्ने आफैले हो, सामथ्र्य भए लड्छ नभए आत्मसमर्पणको विकल्प रहँदैन । बँचाउन आउने त्यहाँ कोही पनि हुँदैन । परिस्थिति त्यस्तै पर्यो भनेमात्र हो नभए एक्लै नै लड्नु पर्दछ । यसैले सामथ्र्य आफैले जुटाउनुपर्दछ ।
यसैले हाम्रा लागि आवश्यक पर्ने अत्यावश्यक वस्तुमा हामी निर्भर हुनै पर्दछ । भोलि खाद्यान्नको सङ्कट पर्यो भने सबैले आफ्नै देशका जनतालाई प्राथमिकता दिन्छन् त्यो बेला आफ्नो उत्पादन भएन भने हामी अरूको सहायता पनि नपाउने स्थितिमा पुग्छौँ । त्यो अत्यधिक मूल्यमा किन्नसक्ने सामथ्र्य भयोभने हामी बाँच्न सक्दछौँ । अन्यथा हाम्रो स्थिति उही स्वरूपमा रहन्छ । यसैले सकेसम्म आफूमै आत्मनिर्भर हुने नभए पनि त्यो प्राप्तिका निम्ति आर्थिक सामथ्र्य बनाएर राख्न सक्नुपर्दछ ।
सर्वप्रथमतः देशमा कृषि व्यवस्था मजबुँत हुनुपर्दछ । उत्पादन भएन भने र पैसाले किन्न पनि पाइएन भने त्यसले विकराल रूप लिन्छ । विदेशी बीउ बीजनभन्दा पनि स्वदेशी बीउबाट बीउ हुने प्रणालीलाई प्राथमिकतामा राख्नु आवइश्क हुन्छ । प्राङ्गारिक मलद्वारा कसरी धेरै उत्पादन दिन सकिन्छ भन्ने विषयमा खोज अनुसन्धान हुनुपर्दछ । कृषिमा मन्द विषको प्रभाव विस्तारै सर्वत्र छरिन थालेको छ । बीउमा परनिर्भर, मलमा परनिर्भर हुनुपर्ने बाध्यात्मक परिस्थतिको सिर्जना भइरहेको छ । जबसम्म हाम्रा स्थानीय प्रणाली नै पुनर्जीवति हुँदैनन् तबसम्म हाम्रो कृषिमा आत्मनिर्भरको बाटो खुल्दैन ।
शिक्षाको क्षेत्रमा पनि हामी परनिर्भर नै छौँ । हाम्रा नीति अरूले बनाइदिनु हुन्न । आफैँले बनाएका नीतिमा आफैँ अगाडि बढ्न सक्नुपर्दछ । राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राख्न सक्नुपर्दछ । हाम्रा आफ्ना शिक्षा पद्धति र परम्परलाई खोज्न र तदनुसार शिक्षा प्रणाली चलाउन सक्नुपर्दछ । समयनुसार आजको प्रविधिलाई पनि आत्मसाथ गर्ने शिक्षा हुनुपर्दछ । आजको हाम्रो माग र आवश्यकता के हो ? विश्वले कसरी शिक्षा दिइरहेको छ यी सबै परिप्रेक्ष बुझेर आफ्नो आवश्यकता अनुसारको शिक्षा दिनु आवश्यक छ । ज्ञान कहिल्यै पनि पुरानो हुँदैन । यसलाई प्रयोग गर्ने पद्धति पुरानो हुनसक्नछ । आजको प्रविधिसँगै त्यो ज्ञान पनि हुनु जरुरी छ । अरुका पद्धति सारेर होइन अरूका राम्रा कुरालाई पनि साथमा लिएर शिक्षा नीति, पाठ्यक्रम निर्धारण गर्नुपर्दछ । जसबाट स्वकीय विषयवस्तुको ज्ञान होस् र आजको अत्याधुनिक प्रविधिसँग पनि साक्षात्कार गर्न सकोस् ।
हाम्रा आफ्ना विषयवस्तु जहिले पनि प्राथमिकतामा हुनुपर्दछ । हाम्रा पद्धति, शाखा सूत्र, हाम्रो आवश्यकता अनि हाम्रा ऋषि महर्षिले दिएका दिव्य ज्ञनका गङ्गामा निरन्तर हामी वहन सक्नुपर्दछ । विवेकाके अँखाले विचार गरेर तदनुसार कार्यान्वयनमा अघि बढ्न सक्नुपर्दछ । यसैगरी आजको समयलाई पनि चिन्न सक्नुपर्दछ । आजको प्रविधिलाई पनि उपयोग गर्नुपर्दछ ।
स्वाथ्यको क्षेत्रमा पनि स्वावलम्बी हुनु आवश्यक छ । खोज र अनुसन्धानका कार्यलाई तीव्रता दिनसक्नुपर्दछ । हाम्रो आयुर्वेद प्रच्य उपचारका पद्धतिलाई पनि साथमै राखेर अघि बढ्न सक्नुपर्दछ । आधुनिक उपचार पद्धतिका प्रविधिसँगै स्वकीय पक्षलाई पनि निरन्तरा दिनु पर्दछ । किनकि संसारमा औषधि नहुँने कुनै वृक्ष छैन । हरेक वृक्ष कुनै न कुनै रोगका औषधि हुन् । तर हामी अरूको उत्पादनमा भर पर्ने, हाम्रा आफ्ना विषयवस्तुको खोज खनुसन्धानका कार्यमा अग्रस नहुने हो भने कालान्तरमा हामी स्वत्वहीन हुँन पुग्दछौँ । आफूमै भएको कस्तुरीको वास्ना थाह नपाएर भौँतारिएको मृगजस्तै भौतारिन बाध्य हुन्छौँ । यसैले पनि आत्मनिर्भर बन्नु हामी सबैका लागि आवश्यक छ । यसबाट नै हाम्रो कल्याण सम्भव छ ।
परावलम्बी हुने, परकीय पद्धतिलाई अवलम्बन गर्ने वृत्तिले समयमा काम गर्न सक्दैन । यसैले आफ्नै सामथ्र्यमा बाँच सक्नुपर्दछ । संसारमा जति पनि विकसित देश छन्, जति पनि शक्ति सम्पन्न देश छन् ती सबै आफ्नै मिहिनेतले सबल र सक्षम भएका हुन् । त्यसका पछि निरन्तरको मिहिनेत, परिश्रम लुकेको छ । राम्रो भित्रको नराम्रो र नराम्रो भित्रको राम्रो कुरा देख्न सक्नुपर्दछ । हरेक विषयवस्तुलाई समदर्शी भएर विचार गर्नुपर्दछ र जीवनमा पनि अवलम्बन गर्न सक्नु पर्दछ । अन्यथा हाम्रा स्वकीय पक्ष पनि हराएर जान्छन्, आफ्नो अस्तित्व हराएर जान्छ र हामी शरणर्थी बन्नुको विकल्प रहँदैन ।
हाम्रा आफ्ना विषयवस्तु जहिले पनि प्राथमिकतामा हुनुपर्दछ । हाम्रा पद्धति, शाखा सूत्र, हाम्रो आवश्यकता अनि हाम्रा ऋषि महर्षिले दिएका दिव्य ज्ञनका गङ्गामा निरन्तर हामी वहन सक्नुपर्दछ । विवेकाके अँखाले विचार गरेर तदनुसार कार्यान्वयनमा अघि बढ्न सक्नुपर्दछ । यसैगरी आजको समयलाई चिन्न सक्नुपर्दछ । आजको प्रविधिलाई पनि उपयोग गर्नुपर्दछ । जसबाट हामी स्वावलम्बी बन्न सक्छौँ र विकासको गतिमा अघिबढ्न सक्दछौँ । वर्तमानमा यही बाटो हाम्रा लागि श्रेयष्कर हुने देखिन्छ । विश्व परिवेश, आजको वर्तमान स्थिति, प्रविधिको विकास यी सबै कुरालाई हेर्दा हरेक क्षेत्रमा हामी आत्मनिर्भर रहनसक्नुपर्दछ । आजको नेतृत्व पनि तदनुसारको हुनु आवश्यक देखिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच