छोरी रोशनीले भर्जिनियाटेक युनिभार्सिटिबाट मास्टर्स डिग्री पूरा गरेपछि ग्राजुएट सेरेमनिमा भाग लिन श्रीमती सरिता र म न्यूयोर्क जाने जहाजमा यात्रा गर्न कोटेश्वरबाट त्रिभुवन विमानस्थलतर्फ लाग्यौँ । आधा घण्टा नपुग्दै विमानस्थल पुगेर बोर्डिङ पास लिन काउन्टरतर्फ लाग्यौँ । दिउँसोको उडान भएर होला त्यत्ति सारो खचाखच भीड पनि थिएन । सजिलै बोर्डिङ पास हातमा बोकेर सेक्युरिटी चेकइन काउन्टरतर्फ लागिहाल्यौँ । त्यहाँको काम सकेर जहाजको पर्खाइमा प्रतीक्षालय पुगियो ।
अब भने पट्यारलाग्दो पर्खाइमा पर्खने पालो आयो । बिहान ११ बजेतिर टर्किस एयरलाइन त्रिभुवन विमानस्थलबाट उडेर टर्कीको इस्तानबुलसम्म पुग्नुपर्ने थियो । त्यहाँको ट्रान्जिटबाट पुनः न्यूयोर्कतर्फ जाने जहाजमा यात्रा गर्ने हाम्रो टिकट थियो । ठीक समयमै काठमाडौंको जहाज इस्तानबुल पुग्नुपर्ने थियो । व्यग्रतापूर्वक जहाज प्रस्थानका लागि हामी पर्खिरह्यौँ । हामीबाहेक पनि दर्जनौं यात्रीहरू आशातीत प्रस्थानको पर्खाइमा थिए ।
पर्खिरहेका यात्रीका कुरा सुनेर म गम्भीर सोचमा परेँ । यात्रीहरूका टिप्पणी गलत थिए भन्न मैले सकिन तर पूरै ठीक थिए भन्न पनि सकिन । हरेक भिआइपीको भ्रमण बेला अरू जनसाधारणलाई रोकेर भिआइपीएलाई प्राथमिकता दिनुपर्ने चलन कहिलेदेखि सुरु भयो होला ? कसले यस्तो चलन चलन चलायो होला ? किन यसो गरियो होला ?
तर, ठीक समयमा जहाज उड्ने भएन । त्यसैले हामीलाई जहाजभित्र लगिएन । किन जहाज नउड्ने भएछ भनेर बुझ्न खोज्दा प्रधानमन्त्रीको विदेश भ्रमण गर्ने चार्टर्ड जहाजले ढिलाइ गरेको रहेछ । जहाजले किन हुन्थ्यो त्यसमा सवार हुने प्रधानमन्त्री र उनको टोलीको ढिलासुस्ती त्यसको कारण रहेछ भन्ने थाहा भयो । अनि सुरु भयो प्रधानमन्त्रीउपर गालीको वर्षा । कोही भन्थे यी ठूलाठालुले आमजनताको पिरमर्का कहिल्यै बुझ्दैनन् । राजाको भ्रमणमा हुने सवारीको सामन्ती ढर्राको विरोधमा जननिर्वाचित जनप्रतिनिधिको पनि ढर्रा उस्तै हुने भए शहीदको बलिदानीस्वरूप ल्याएको लोकतन्त्रको के अर्थ भयो ? अरू केही यात्रीले थप्दै थिए त्यसमा पनि कम्युनिष्ट पार्टीका प्रतिनिधिले जितेर आएका प्रधानमन्त्री त झन् बढी सामन्ती देखिए । यस्तै हो भने यिनीहरूको शासनको लामो यात्रा छोटिँदै जानेछ । अनि एक दिन यिनीहरू पनि शासन सत्ताबाट छिट्टै उखेलिनेछन् ।
पर्खिरहेका यात्रीका कुरा सुनेर म गम्भीर सोचमा परेँ । यात्रीहरूका टिप्पणी गलत थिए भन्न मैले सकिन तर पूरै ठीक थिए भन्न पनि सकिन । हरेक भिआइपीको भ्रमण बेला अरू जनसाधारणलाई रोकेर भिआइपीएलाई प्राथमिकता दिनुपर्ने चलन कहिलेदेखि सुरु भयो होला ? कसले यस्तो चलन चलन चलायो होला ? किन यसो गरियो होला ? सोच्दासोच्दै मेरो मनमा दुई वटा कारण सुझे-एउटा भिआइपीलाई ठालुपन देखाउनुपर्ने मनोविज्ञान र अर्को शान्ति सुरक्षा । मैले सोचेँ सामन्ती राजा रजौटामा ठालु हुने मनोविज्ञानले काम गर्यो होला । लोकतान्त्रिक शासकलाई भने शान्ति सुरक्षाका लागि यसो गरिएको होला । समसामयिक राजनीतिलाई हेर्दा पछिल्लो कुरा पनि आधारहीन छैन झैँ लाग्यो ।
मेरै यौवनवयमा पनि मैले समाचारपत्रहरूमा पढेर बुझेको थिएँ भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नै सुरक्षागार्डबाट गरिएको हत्या, अलि पछि उनकै पुत्र राजीव गान्धीको सार्वजनिक कार्यक्रमस्थलमै भएको हत्या, छिमेकी मुलुक पाकिस्तानकी नेत्री बेनजिर भुट्टोको त्यस्तै प्रकृतिको हत्या । यसरी हेर्दा त भीआइपीको सुरक्षाको निम्ति नियन्त्रित सवारीको व्यवस्था गरेकै ठीक हो जस्तो पनि लाग्यो । तर, नेताहरूको अनावश्यक ढिलासुस्ती र त्यसको कारणले उत्पन्न हुने जनसाधारणमाथिको असर, त्यस्तो असरप्रतिको संवेदनहीनतादेखि टीठ लागेर आयो ।
तोकिएको समयभन्दा ढिलो गरी उडेको जहाज आशातीत समयमा इस्तान्बुल पुग्ने कुरै भएन । जे भए पनि जानु थियो । भारी मन लिएर हामी जहाजभित्र छिर्यौं । परिचारिकाको मिठो मुस्कानसहितको स्वागत पाउँदा भने अलि हल्का महसुस भएथ्यो । सयौं यात्री बोकेर उडेको भीमकाय शरीरधारी जेट विमान लाग्यो एशिया महाद्वीपको उपल्लो छेउ इस्तानबुलतर्फ । काठमाडौंबाट ढिलो गरी उडेको जहाज स्तानबुलमा ठीक समयमा पुग्ने कुरा निश्चित थिएन । तथापि त्यहाँबाट न्यूयोर्क जाने विमान कुनै कारणले ढिला भइगयो भने त्यही बेलुकी उड्न सकिन्छ भन्ने आशा भने मरिसकेको थिएन ।
साँझपख इस्तानबुल विमानस्थलमा हाम्रो जहाज अवतरण गर्यो तर अर्को जहाज भेट्ने आशामा तुषारापात भयो । ठीक समयमा यताको विमान त गन्तव्यमा पुग्दै पुगेन । त्यहाँबाट न्युयोर्क जाने विमान पनि उडिसकेको रहेछ । निराशाको सुस्केरा काड्दै प्रतीक्षालयमा हाते झोला बिसाइयो । इस्तानबुलस्थित टर्किस एयरलाइनका कर्मचारीबाट भोलिपल्ट बिहान न्यूयोर्क जाने अर्को जहाजबाट हामीलाई अमेरिका पठाइदिनेसम्मको आश्वासन पाइयो । तर, त्यस रात इस्तानबुलमा बस्ने खाने बन्दोबस्त हामी आफैँलाई गर्न भनियो । एक त टर्कीको भिसा नभएसम्म त्यहाँका होटेलमा बास नपाइने, भिसा लिएरै भए पनि बसौँ भने घरबाट पर्याप्त अमेरिकी मुद्रा नबोकी हिँडेका मितव्ययी यात्रीहरूले त्यसो गर्न पनि सम्भव भएन । निकै फसाद पर्यो ।
त्यत्ति बेला आफ्नो देशमा बस्न खान पाउने जन्मसिद्ध अधिकार भएका हामी जस्ता नेपालीको विदेशी भूमिमा हाम्रो बिजोक दर्दनाक मात्र होइन लज्जाजनक पनि हो भन्ने लाग्यो । त्यति नै बेला मलाई जोन मिल्टनको कविता याद आयो जहाँ ईश्वरसँग विद्रोह गर्ने शैतानले उसका अनुयायीलाई स्वतन्त्रताको पाठ पढाउँदा भनेको थियो ‘इट इज बेटर तो रेन इन हेल देन सर्भ इन हेभेन’ अर्थात् स्वर्गको नोकर हुनुभन्दा बरू नर्कको राजा नै हुनु बेश । कति सरल कुरा तर कति अर्थपूर्ण ! हामी पनि स्वर्गभूमितिरको यात्रामा हिँडेरबीच परेका यात्री आफ्नो घर सम्झेर प्रदेशको कष्टकर एक रात बिताउन बाध्य भयौँ केवल खुला लाउञ्जमा एक निमेष पनि ननिदाएर ।
धन्य छ तिनका बाबुआमाको कोख ! धन्य छ ती वैज्ञानिकको जीवन जसको प्रतिभाले यामानको धातुको थुप्रोलाई जुरुक्क माथि उचालेर उडाउने कल्पना गर्न सक्यो । धन्य छ तिनको सुझबुझ जसको बुद्धिले समग्र मानव जातिको यात्रा सहज र सुविधाजनक बनायो । चाल्र्स डार्बिन जस्ता जीववैज्ञानिकको याद आयो जसको अन्वेषणले मानिसलाई अन्धविश्वासबाट मुक्त गरायो । आइन्स्टाइन जस्ता वैज्ञानिकले संसारको मुहारै फेरिदिए । धिक्कार छ बरू ती शासकलाई जसका वैज्ञानिक हतियारले हिरोसिमा र नागासाकी निमेषभरमा ध्वस्त पारिदिए । कति सुन्दर हुन्थ्योहोला यो भूमण्डल यसका बासिन्दा सबै असल भइदिए ! कति स्वर्ग बन्थ्यो होला यो भूगोल सबै खाले स्वार्थ पाताल भासिए !
यसो सम्झेँ म त आफ्नो देशको जननी विश्वविद्यालयको विशिष्ट श्रेणीमा दर्ज भएको प्राध्यापक इस्तानबुलमा एक रात पनि आरामले बास बस्न नपाएको फुटपाथे पथिक भएको थिएँ । यो कस्तो बिडम्बना ! अनि अझै सम्झेँ म त के नै विशेष महत्वको मान्छे हुँ र ! हाम्रो देशबाट परदेश ताक्ने अझै शक्तिशाली ठानिएका, सांसद भएका, मन्त्री पनि भएका भिआइपीहरूको पनि विदेशी भूमिमा यस्तै हालत हुने होला भने सर्बसाधारणको त के कुरा ! सोचेँ भाग्यलहरीमा लहरिँदा यस्तै हुन्छ कि क्या हो ! शायद विधिको विडम्बना यही होला ।
भोलिपल्ट बिहान इस्तानबुलमा अर्को विमान चढेर लागियो एट्लान्टिक सागर पार गर्दै धेरैले भूस्वर्ग मान्ने गरेको अमेरिकातर्फ । प्यासिफिक सागरको वारिबाट हाम्रो वायुयान बिस्तारै आकाशिएर माथि गयो । अनि एकै छिनमा पश्चिमाभिमुख भएर तीव्र बेगले उड्यो । बेगवान वायुयान घरि थल घरि जलमाथि गरी चरीसरि उडिरह्यो । बिहानीपख शशिलाई पछिल्तिर छोडेर उडेको वायुयान बेलुकीपख रविसम्मुख हुँदै उड्दै थियो । यसैबीच म विज्ञान र प्रविधिको चमत्कार सम्झेर घरि देश घरि परदेश सम्झँदै थिएँ । कस्ता पराक्रमी थिए ती राइट्स ब्रदर्स जसका आविष्कारले आज हामी कल्पनामा पनि पुग्न नसकिने दूरदेश पुग्न सकिरहेका छौँ ।
धन्य छ तिनका बाबुआमाको कोख ! धन्य छ ती वैज्ञानिकको जीवन जसको प्रतिभाले यामानको धातुको थुप्रोलाई जुरुक्क माथि उचालेर उडाउने कल्पना गर्न सक्यो । धन्य छ तिनको सुझबुझ जसको बुद्धिले समग्र मानव जातिको यात्रा सहज र सुविधाजनक बनायो । चाल्र्स डार्बिन जस्ता जीववैज्ञानिकको याद आयो जसको अन्वेषणले मानिसलाई अन्धविश्वासबाट मुक्त गरायो । आइन्स्टाइन जस्ता वैज्ञानिकले संसारको मुहारै फेरिदिए । धिक्कार छ बरू ती शासकलाई जसका वैज्ञानिक हतियारले हिरोसिमा र नागासाकी निमेषभरमा ध्वस्त पारिदिए । कति सुन्दर हुन्थ्योहोला यो भूमण्डल यसका बासिन्दा सबै असल भइदिए ! कति स्वर्ग बन्थ्यो होला यो भूगोल सबै खाले स्वार्थ पाताल भासिए !
म यस्तै अनेककानेक कुरा सोच्दै थिएँ । जहाज एटलान्टिक सागर पार तरी अझै उड्दै थियो । सहसा त्यो जहाज सुन्दर भूमण्डलको एक खण्ड अमेरिकी न्यूयोर्क पुगेर समुद्री किनारको विमानस्थलमा ओर्लियो । विमानस्थलमा प्रिय ज्वाइँ सञ्जीव दाहाल हाम्रो स्वागतमा पर्खिरहनु भएको रहेछ । हर्षको सीमा नै रहेन । अलिकति बिस्मद पनि भयो उहाँ लामो बाटो पार गरेर अघिल्लो बेलुकी पनि हामीलाई लिन आएर फर्कनु भएछ । विलम्वित यात्राको बारेमा हामीले अघिल्लै दिन उहाँलाई न्यूयोर्क सहरको बासस्थानबाट विमानस्थल आउनबाट रोक्ने मेसेज पठाउन सकेका थिएनौँ । इस्तानबुलमा हामीले त दुःखले रात काटेकै थियौँ ज्वाइँलाई पनि दोहोरो दुःख दिनुपरेकोमा थप दुःखी भयौँ । विलम्बित यात्राले पारेको त्यो असर बिर्सन खोजेर पनि मेरो मानसपटलमा अझ पनि खिल्कट बनेर बसिरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच