काठमाडौं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएको छ ।
शुक्रवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताउनु भयो । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीताका साथ लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार, सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौँ ।’
उहाँले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताउनु भयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच