काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको आदेश कानुनसम्मत नभएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएको हो।
विशेष अदालतले मंसिर २३ गते प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छोडी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो। उक्त आदेश त्रुटिपूर्ण रहेको अख्तियारको जिकिर छ।
त्यसैगरी, पुस १६ गते प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेतलाई साधारण तारेखमा राख्ने आदेश भएको थियो ।
पुस २४ गते प्रतिवादी नारायण गिरीलाई साधारण तारेखमा, पुस २९ गते प्रतिवादी बाबुराम पौडेललाई पनि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश विशेष अदालतले दिएको थियो।
यी सबै आदेशहरू कानुनविपरीत र त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच