काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक आज (शनिबार) बस्दै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । त्यसका लागि एमालेले आज उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने जनाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय आज दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेर पठाएको नामावली जिल्ला कमिटी हुँदै प्रदेश कमिटीहरूले केन्द्रमा पठाइसकेका छन् । यसरी सिफारिस भएका उम्मेदवारमा अध्यक्ष ओलीसहित ३५ जना सर्वसम्मत भइसकेको छ । ‘आउँदो प्रतिनिधि सभा निर्वाचनमा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ । अहिलेसम्म कुनै पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो भएको छैन । त्यसैले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने गरी अघि बढेका छौँ’, उहाँले भन्नुभयो ।
एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिसगरी पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । उम्मेदवारी दर्ता गर्न तयारी गर्नपर्ने भएकाले माघ ३ मै उम्मेदवारको टुंग्याउने लगाउन बैठक बस्न लागेको हो । यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच