ओखलढुंगा । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् । धन बहादुर खत्रीको छोरा डाक बहादुर खत्री घरनजीकै बाटोको छेउमा मृतअवस्थामा भेटिएको हो । शुक्रबार विहान करिब ६ः३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव भेटिएको थियो ।
बाटो हिड्नेक्रममा स्थानीयबासीले बाटोमा मृतावस्थमा खत्रीको शव भेटेपछि घरमा मृतकको आमालाई खबर गरेका थिए । आमा घट्नास्थल पुगी छोराको शवलाई बोकाई घरमा ल्याएकी थिइन् । छोरालाई मृतावस्थामा भेटेर घरमा ल्याएर जनप्रतिनिधी र प्रहरीलाई खबर गरिएको स्थानीयबासीले बताएका छन् ।
प्रहरी चौकी घोराखोरीबाट प्रहरी सहायक निरीक्षक रत्नेश राउत कुर्मीको टोलीले घट्नास्थल सुरक्षीत गरिएको थियो । थप कानूनी प्रकृया र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुर बाट प्रहरी निरीक्षक मनिष लुइटेलको टोली घट्नास्थलतर्फ गएको थियो । आवश्यक कानूनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि पठाईएको छ । घट्नाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच