काठमाडौँ। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदा देउवा पक्षका नेताहरू र कार्यकर्ताहरू आयोग अगाडि नाराबाजी गरिरहेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कापक्षका अनुसार आयोगको निर्णय उनीहरूको आशा र अपेक्षाअनुसार नभई सेटिङ अनुसार आएको छ। यस निर्णयपछि कांग्रेसभित्र आधिकारिकताबारेको विवाद अझ गर्माएको छ।
देउवा पक्षले आफ्नो दाबीमा अडिग रहँदै निर्वाचन आयोगले पारदर्शी र विधिसम्मत निर्णय लिनुपर्ने बताइरहेको छ। यसबीच, गगन थापा नेतृत्वको पक्षले आयोगको मान्यता पाउँदा उत्साह प्रकट गर्दै चुनाव चिह्न र अन्य अधिकारहरू सुनिश्चित भएको छ।
साबिक कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई दिएको मान्यता मान्य नहुने बताउनुभएको छ।
उहाँले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गर्दै भन्नुभयो, “आयोगले सम्पूर्ण नियम, कानून तथा पार्टीको विधानको धज्जी उडायो। यसको हामी विरोध गर्छौँ। यो निर्णय हामीलाई मान्य छैन।”
यसले कांग्रेसभित्र आधिकारिकता र नेतृत्वको विषयमा जारी विवादलाई अझ उकास्ने संकेत गरेको छ।
नाराबाजी जारी रहँदा पार्टीभित्र राजनीतिक तनाव र विवाद अझ बढेको देखिएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच