मेरो हातमा भएको पुस्तकको नाम हो ‘रहर जिन्दगीको’ शीर्षकको गजलसङ्ग्रह । यस कृतिका गजलकारको नाम शर्मिला तिमल्सिना । यो कृति सानो स्ट्यान्डर्ड साइजको छ र यसको प्रकाशन अभिनव साहित्य समाज गोकर्णेश्वर काठमाडौंले गरेको छ । २०८२ सालमा अर्थात् यसैवर्ष प्रकाशित यस कृतिको सर्वाधिकार गजलकारमै सुरक्षित छ । डिजाइन अथवा सेटिङ सरु श्रेष्ठले गर्नुभएको छ । मुद्रण स्वीकृति अफसेट पेन्टिङ प्रेस गोकर्णेश्वर जोरपाटीमा भएको छ । यसको मूल्य २०० रुपैयाँ राखिएको छ । पुस्तकमा भूमिकाखण्डमा १६ र पाठ्यक्रममा ८५ पृष्ठ छन् । एउटा गजल एउटा पृष्ठमा समेटिएको छ र प्रत्येक गजलमा त्यसको छन्द पनि उल्लेख गरिएको छ ।
यस पुस्तकका अधिकांश गजल पाँच-पाँच सेरमा रचना भएका छन् । यो गजलको मानक लेखन पनि हो । उहाँका गजल सुन्दर छन् । सामान्यतया गजल स्त्रीसौन्दर्यको प्रशंसामा लेखिन्छ । परम्परागत रूपमा यस्तो भए तापनि हालका दिनमा गजल राजनीतिक व्यङ्ग्य, सामाजिकता, राष्ट्रियता, प्रकृति चित्रणलगायत विषयमा लेख्ने गरिन्छ ।
आवरण पृष्ठ कलात्मक छ । माथि पुस्तकको शीर्षक छ भने तल गजलकारको नाम, आवरणमा फिक्का पहेँलो पृष्ठभूमिमा नदी, पहाड, आकाश, सूर्य र एकजना केटीको अमूर्त स्वरूप चित्रण गरिएको छ । पृष्ठावरणमा फोटोसहित गजलकारको परिचय दिएको छ । उहाँबाट सिर्जना भएका पुस्तक, फुटकर रचनाहरू सम्पादित कृति र संलग्नता भएका साहित्यिक संस्थाको नाम उल्लेख छ । साथै उहाँले प्राप्त गरेका मानसम्मान उल्लेख छन्, तल प्रकाशक संस्थाको लोगो र नाम छ । छपाइस्तरीय तर सबै अक्षर बोल्ड गरिएको हुँदा अलिक बढी टट्कारा भएको महसुस गरिन्छ ।
अशुद्धि भने कतै भेटिन्छन् । भूमिकाखण्डमा उहाँले आफ्ना मातापितालाई यो पुस्तक समर्पण गर्नुभएको छ । त्यसपछि डा.घनश्याम न्यौपाने परिश्रमीको शुभकामना, हरिप्रसाद पौडेल स्वर्णशिखाको भूमिका, त्यसपछि प्रकाशकीय र लेखकीय छन् । त्यसपछि गजल क्रम राखिएको छ । पुस्तकमा ८५ वटा गजल समावेश छन् ।
पुस्तकका अधिकांश गजल पाँच-पाँच सेरमा रचना भएका छन् । यो गजलको मानक लेखन पनि हो । उहाँका गजलहरू सुन्दर छन् । सामान्यतया गजल स्त्रीसौन्दर्यको प्रशंसामा लेखिन्छ । परम्परागत रूपमा यस्तो भए तापनि हालका दिनमा गजल राजनीतिक व्यङ्ग्य, सामाजिकता, राष्ट्रियता, प्रकृति चित्रणलगायत विषयमा लेख्ने गरिन्छ । गजल गेय हुन्छ, यी गजलहरू पनि गेयात्मकता भएकै छन् । यसका लागि गजलकार तिमल्सिनालाई बधाई । साथै आगामी दिनरूमा उहाँबाट यस्ता पुस्तक प्रकाशन हुँदै जाऊन् शुभकामना ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच