कालीकोट । कालीकोटकाे शुभकालीका गाउँपालिका–४, कुडीस्थित शेरी–पान्तडी भित्री सडकखण्डमा शुक्रबार साँझ बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकाेटका अनुसार दुर्घटना शुक्रबार साँझ करिब ७:२६ बजे भएको थियो । खबर प्राप्त हुनासाथ कालीकोटका विभिन्न प्रहरी टोली घटनास्थलमा खटिएका थिए । कालीकाेटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलको नेतृत्वमा सातजना, प्रहरी चौकी सुकाटियाबाट प्रहरी सहायक निरीक्षक मन्जित वलीको कमाण्डमा चारजना, र अस्थायी प्रहरी पोस्ट हुल्मबाट निरीक्षक रबिन शाहीको नेतृत्वमा चारजनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले जनाएअनुसार जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीमा खसेको थियो । घटनास्थलमा तीन पुरुषको शव फेला परेको छ भने जीपको पछाडिका दुई पाङ्ग्रा र ढाला भाँचिएको अवस्था छ । जीपको अन्य भाग भने अझै फेला परेको छैन ।
जिप्रका कालीकाेटका अनुसार भे १ च २८९८ नम्बरको बाेलेराे जीप दुर्घटना भएको हाे ।प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएकाे छ । दुर्घटना निधन भएका मृतकको शव परीक्षण तथा पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
सेरो पान्तडी सडक-खण्ड निर्माण गर्ने व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जीप दुर्घटना भएको प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताउनुभयाे । साथै उहाँले बेपत्ताको खाेजि कार्य जारी रहेको समेत बताउनुभयाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच