काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उमेदवारको टुंगो लगाउन बैठक बस्न लागेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगका अनुसार यही माघ ६ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । एमाले केन्द्रीय कमिटी बैठकले तल्लो तहका कमिटीले पठाएका आकांक्षीको नाममा छलफल गरी अन्तिम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच