काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ तथा शुभकामना दिनुभएको छ ।
उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पार्टी नफुटेको भन्दै कांग्रेसमा जनचाहना बमोजिम परिवर्तन आएको उल्लेख गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।’
उहाँले वीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सेर अघि बढ्न सुझाव दिँदै कांग्रेसलाई राम्रो बनाउँदै देशको उन्नतीमा लाग्दा नेपाली कांग्रेससहित सम्पूर्ण जनताले मान्ने दाबी गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच