रुकुम पश्चिम । रुकुम पश्चिममा श्रीमान्ले सनासो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुर कामीलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले मादक पदार्थ सेवन गरेको अवस्थामा श्रीमतीमाथि आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच