काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एजेन्डा रहेको पार्टीले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्ने कार्यक्रम रहेकाले एमालेले त्यसअगावै उम्मेदवार चयन गर्न सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् ।
यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको छ ।
हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा सूर्य चिह्नबाट उम्मेदवार अघि बढाउने तयारी गरेको जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच