अर्घाखाँची । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले आसन्न निर्वाचनका लागि राजनीतिक दलहरूको उम्मेदवारी दर्ता गर्ने समय तालिका सार्वजनिक गरेको छ।
निर्णय अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहान ११ बजे देखि १२ बजे सम्म उम्मेदवारी दर्ता गर्नेछ भने राष्ट्रिय जनमोर्चाका लागि १२ बजे देखि १ बजे सम्मको समय तोकिएको छ। नेकपा एमालेले दिउँसो १ बजे देखि २ बजे सम्म उम्मेदवारी दर्ता गर्नेछ। त्यसपछि नेकपाका लागि २ बजे देखि २:३० बजे सम्म समय निर्धारण गरिएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिउँसो २:४५ बजे देखि ३:१५ बजे सम्म उम्मेदवारी दर्ता गर्नेछ। जनता समाजवादी पार्टीका लागि ३:३० बजे देखि ४ बजे सम्मको समय तय गरिएको छ भने नेपाली कांग्रेसले दिउँसो ४ बजे देखि ४:३० बजे सम्म उम्मेदवारी दर्ता गर्नेछ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी नायब उपरीक्षक दिवश जिसी, सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहाल, अनुसन्धान अधिकृत छविलाल पौडेल, निर्वाचन अधिकृत बुद्धप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा बैठकले जोड दिएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच