काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध राष्ट्रिय युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
संघले उक्त निर्णय कानुनी प्रक्रिया र विधिको शासनविपरीत भएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गरेको छ । प्रदर्शनका क्रममा युवाहरूले न्यायिक स्वतन्त्रता कायम राख्नुपर्ने, राजनीतिक दबाबमा मुद्दा फिर्ता गरिएको आशंका रहेको लगायतका नारा लगाएका थिए ।
राष्ट्रिय युवा संघका नेताहरूले सरकार र महान्यायाधिवक्ताको कार्यालयले कानुनभन्दा माथि रहेर निर्णय गरेको आरोप लगाउँदै यसले जनताको न्यायप्रतिको विश्वास कमजोर बनाउने बताएका छन् ।
प्रदर्शन शान्तिपूर्ण रहेको र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच