काठमाडौं । पत्रकार बालकृष्ण प्रसादलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा राष्ट्रिय परिषद्का सदस्य पत्रकार बालकृष्ण प्रसादकी ममतामयी आमा सुमित्रा देवीको निधन भएको हो । धनुषाको जनकपुरधाम निवासी ८८ वर्षीया सुमित्रा देवीको काठमाडौंको महारागञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सुमित्रा देवीका छोरा बालकृष्ण प्रसाद, स्व.मनोजकुमार साह, राकेश साह, प्रविण शाह र छोरी पुष्पाकुमारी साह एवं रेणु साह हुनुहुन्छ । सुमित्राका पति नवलकिशोर प्रसादको यसअघि नै निधन भइसकेको छ ।
पत्रकार बालकृष्णकी ममतामयी दिवंगत आमाप्रति हिटा परिवार तथा नेपाल पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच