काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुनेभएका छन् । लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमअपबाट निर्माण हुनलागेका यी चलचित्रले नेपाली फिल्ममा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने दाबी निर्माण पक्षको छ । दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष छ ।
रघुजी फिल्म्सले पोण्टरमार्फत पहिलो झलक दिँदै चलचित्रको आधिकारिक घोषणा गरेको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुनलागेका दुई चलचित्रमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ । चलचित्रको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ । कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘कालकट्टी’का निर्माता रघुनाथ सापकोटा हुनुहुन्छ भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हाल्नुभएको छ । छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम विष्टले चलचित्रका भावनालाई संगीतमा उतार्नुहुनेछ ।
चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ । ‘कालकट्टी’को छायांकन सकेर रिलिजको तयारीसँगै ‘काकाको बिहे’को छायांकन सुरु हुने जनाइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच