काठमाडौं । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२’ (ब्रान्ड एम्बेसडर हन्ट)को उपाधि मलैसा आचार्यले चुम्नुभएको छ । शुक्रबार राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित ग्राण्ड फिनालेबाट आचार्य विजेता घोषित हुनुभएको हो ।
प्रतियोगिताबाट फष्ट रनरअपमा सारा लामा र सेकेण्ड रनरअपमा अपि योञ्जन छनोट हुनुभएको छ । विजेता आचार्यले पाँच लाख नगद पुरस्कारसहित एक करोड रुपैयाँबराबरको एकवर्षे सम्झौता प्राप्त गरेको आयोजकले जनाएको छ । फष्ट रनरअपले चार लाख नगदसहित ५० लाख र सेकेण्ड रनरअपले तीन लाख नगदसहित ३० लाख रुपैयाँबराबरको सम्झौता पाउनुभएको छ ।
देशभरका लुकेका प्रतिभालाई अवसर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा महिला-पुरुष दुवैको सहभागिता रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच