काठमाडौं । यही माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’लाई दर्शकले साथ दिएका छन् । गीतले छोटो समयमै लाखौ भ्युज पाएको छ । चलचित्रका गीतले पछिल्लो समय दर्शक कमाउने चुनौतीको सामना गरिरहेका बेला, यो गीतले छोटो समयमा यस्तो दर्शक संख्यामा पुग्नुभनेको निर्माताका लागि खुशीको कुरा हो ।
गीतले भावुक बनाउने शैलीमा परदेशिन बाध्य बनेका मान्छेको कथा प्रस्तुत गरेको छ । यसै भावलाई अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको जीवित अभिनयले अझ प्रभावकारी बनाएको छ ।
चलचित्रका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर कथा निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार अहिले देशमा भइरहेका सामाजिक परिस्थितिलाई चलचित्रको मुख्य विषय बनाइएको छ । गीतको भिडियोमा पनि यसै भावलाई दर्शकले अनुभव गर्न सक्नेछन् ।
भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय समावेश गरिएको छ । गीत किरण परियार र शान्तीश्री परियारले गाउनुभएको हो भने शब्द-संगीत अभि सुनारले तयार पार्नुभएको हो ।
फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो, कथा र पटकथा चन्द्र पन्तले नै लेख्नुभएको हो । मुख्य भूमिकामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रबिन्द्र झा, गजित विष्ट, बेगम नेपाली रहनुभएको छ ।
संगीत संयोजनमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम हुनुहुन्छ भने कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाले गर्नुभएको हो । भिडियोको छायांकन नवराज उप्रेतीले गर्नुभएको हो । चलचित्रको सम्पादन मिलन श्रेष्ठले गर्नुभएको हो भने ट्रेलर र टिजर साहिल खानले निर्माण गर्नुभएको छ । चलचित्र नेपालमा आरआर फिल्म्सद्वारा प्रदर्शन हुनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटले लिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच