काठमाडौं । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘द ब्लु लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा प्रेम, डर, छलकपट र बदलाको कथा समेटिएको छ । रहस्य, भयावह परिस्थिति, पात्रहरूको भावनात्मक लडाइँको कथा ट्रेलरमा देख्न सकिन्छ ।
चलचित्रको कथा भने ट्रेलरमा प्रष्टसँग अझै खुलाइएको छैन । उत्सुकता सिर्जना गर्न ट्रेलर सफल देखिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरूलाई देख्न सकिन्छ । चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ भने बालकलाकारको भूमिकामा ग्रीष्मा कटुवाल र सहारा शर्माको अभिनय छ ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लु लाइट’ बलिराम चौहानले निर्देशन गर्नुभएको हो । यो उहाँको डेब्यु निर्देशन हो । चलचित्रको सह-निर्माताका रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहनुभएको छ भने कार्यकारी निर्मातामा छायांकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुनुहुन्छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच