काठमाडौं । चलचित्र ‘शिवांश’को पहिलो गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतका शब्द राजनराज र सरोज रञ्जितकारले लेख्नुभएको हो भने संगीत स्वयं राजनराजको छ ।
लोकलयको प्रेमिल गीतमा गाउँबेसीमा प्रयोग हुने मीठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ । गीतमा प्रेमी-प्रेमिकाले एकअर्कालाई गरेको तारिफसहित भाग्य, मायामोह, प्रेम र आकर्षणको भाव समेटिएको छ । गीतको भिडियोमा तेज गिरी, विमला लिम्बु र बारत लिम्बुको अभिनय छ भने कोरियोग्राफी विक्रम चौहानले गर्नुभएको हो ।
चलचित्र ‘शिवांश’ महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउँदैछ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोषकुमार आत्रेयले गर्नुभएको हो, जुन उहाँको डेब्यु निर्देशकीय सिनेमा हो । यस चलचित्रका निर्मातामा अञ्जान केसी हुनुहुन्छ ।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा हुनुहुन्छ । विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सवीर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायतका कलाकारको पनि यस चलचित्रमा अभिनय छ । चलचित्रको कथा अञ्जान केसीले लेख्नुभएको हो भने स्क्रिनप्ले बारत लिम्बुले तयार पार्नुभएको छ । द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेको चलचित्रमा विक्रम चौहानको कोरियोग्राफी छ ।
चलचित्रका गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको संगीत छ । दृश्य तथा प्रविधि पक्षमा विराज खड्का (भिएफएक्स डाइरेक्टर), आदेश सुब्बा (भीएफएक्स प्रोड्यूसर), कमल मिश्र (कस्ट्युम), तुलसा लिम्बू (एमयूए), युवाहाङ राई (पोष्टर फोटोग्राफी) र बारत लिम्बु (मुख्य सहायक निर्देशक) रहनुभएको छ । चलचित्रको पोष्ट-प्रोडक्सन चौतारीले गर्नुभएको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डिसिएन)ले गर्ने निर्माणपक्षले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच