काठमाडौं । राममणि फुयाँल र माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘झ्याइँ-झ्याइँ बाजा’ सार्वजनिक गरिएको छ । राममणिकै शब्द एवं संगीत र विपिन आचार्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
विपिनकै निर्देशन रहेको गीतको भिडियोमा राममणि, अश्विनी शाही, सुरवीर पण्डित, तिमल्सिनालगायतको अभिनय छ । बिएम म्युजिक रेकर्डिङ स्टुडियोमा अडियो रेकर्डिङ सम्पन्न भएको यस गीतको भिडियोको छायांकन, सम्पादन तथा कोरियोग्राफी विजय रुम्बा लामाले गर्नुभएको हो । गीतको भिडियो गायिका माण्डवी त्रिपाठीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच