काठमाडौं । अर्घाखाँची जिल्लास्थित धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोकभजन ‘मालारानी’ सार्वजनिक गरिएको छ । स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई गीतसंगीतमार्फत उजागर गर्ने लक्ष्यसहित भजन निर्माण गरिएको हो ।
सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगीत र स्वर छ । उहाँलाई सुमधुर स्वरकी गायिका सुनितामी परियारले साथ दिनुभएको छ । भजनको संगीत संयोजन महेन्द्र भण्डारीले गर्नुभएकोका छ भने शब्द संयोजन जनार्दन खनालले गर्नुभएको हो ।
सान्सा फिल्मको प्रस्तुति तथा मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा सुरवीर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल, राजेन्द्र रानालगायतको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन सुरज खनालले गर्नुभएको हो, जसले मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक जीवनशैली र स्थानीय परिवेशलाई कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।
भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिङ सागर बाजुराली, मिक्सिङ खडक बाजुराली तथा भिडियो सम्पादन विनोद बमले गर्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच