काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ ।
सभापति गगन थापाको नेतृत्वमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीबाट अलग भएका सबैलाई पुनः आबद्ध भई एकताबद्ध रूपमा अघि बढ्न आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ ।
एकता, सद्भाव र सहकार्यलाई मुख्य आधार बनाउँदै बैठकले देश तथा विदेशमा रहेका सम्पूर्ण कांग्रेसजनलाई नवीन ऊर्जा र उत्साहका साथ आगामी फागुन २१ गते हुने निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ ।
बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूले कांग्रेसको नेतृत्वमा रही लामो समयसम्म पुर्याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । साथै भविष्यमा पनि उहाँहरूबाट पार्टीलाई अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले आगामी दिनमा कुनै पनि दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णयसमेत गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच