काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले पर्यटन नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा मूर्त र प्रभावकारी अभिव्यक्ति भएको भन्दै विश्वसमक्ष नेपालको ब्राण्डिङका लागि आत्मविश्वासी, सुसंगत र प्रामाणिक ‘स्टोरी-टेलिङ’मा जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र समृद्धिमा ठोस योगदान पुर्याउने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्ड र परराष्ट्र मन्त्रालयद्वारा संयुक्तरूपमा आयोजित ‘नेपाल प्रवद्र्धनका लागि साझेदारी’ विषयक कार्यशाला उद्घाटन गर्दै सचिव राईले उक्त कुरा बताउनुभएको हो । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत् नेपाललाई एकीकृतरूपमा प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र सार्वजनिक कूटनीतिलाई नेपालको प्रभावकारी सफ्टपावरका रूपमा स्थापित गर्न जोड दिइएको थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनमा सार्वजनिक कूटनीतिको प्रभावकारिता उल्लेख गर्दै संस्थागत समन्वय र सहकार्य अझ मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारी निकाय, कूटनीतिक मिसन, निजी क्षेत्र र नीति अनुसन्धान संस्थाबीच साझा उद्देश्यसहित अघि बढेमा नेपाललाई दीर्घकालीनरूपमा बलियो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो । शुक्रबार आयोजित कार्यशालामा परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्रीलगायत कूटनीतिज्ञले विदेशस्थित नियोगहरूमा बोर्डसँगको समन्वयमा नेपाल प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका थिए ।
बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम, जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले बोर्डले परराष्ट्र मन्त्रालय र नियोगसँग आवश्यक परामर्श गरी कार्यक्रमहरू तय गरिने बताउनुभएको थियो । कार्यशालामा संयुक्त पहलबाट नेपालको प्रकृति, संस्कृति र विविधता प्रस्तुत गरिने भिडियो सामग्री निर्माण, वार्षिक कार्ययोजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपाल प्रवद्र्धनसम्बन्धी विस्तृत प्रस्तुति गरेको थियो भने बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले नेपालको ‘पर्यटन फ्याक्ट सिट’ प्रस्तुत गर्नुुभएको थियो । जसमा नेपालमा पर्यटन आगमन, विदेशी मुद्रा आर्जन, भावी रणनीतिलगायतका विषय समेटिएका थिए । कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्राण्डिङ दृष्टिकोणमा जोड्दै एकीकृत प्रयासमार्फत् नेपालको विश्वव्यापी छवि सुदृढ गर्ने साझा निष्कर्ष निकालेको बोर्डले जनाएको छ ।
हानको हिरक जयन्ती
होटल संघ नेपाल(हान)ले ‘हिरक जयन्ती’ मनाएको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । रोजगारी सिर्जना, सांस्कृतिक आदानप्रदान, अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा पर्यटन उद्योगले उल्लेखनीय योगदान पु¥याएको उहाँको भनाइ थियो । उपराष्ट्रपतिले यादवले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकता दिन हानलाई आग्रह गर्दै विगतमा आन्दोलनका क्रममा होटल व्यवसायीले भोग्नुपरेका दुखद घटनाबाट पाठ सिकेर शान्तिपूर्ण संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएकाले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । हानले ‘हस्पिटालिटी डे’ का अवसरमा ललितपुरस्थित रोयल टुपिल होटलमा होटल एक्स्पो तथा नेपाल हेरिटेज फुड फेस्ट २०२६ पनि आयोजना गरेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच