काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत् बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचनाबारेमा विस्तृत जानकारी समेटिएको छ ।
जसका लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्ति खरिद गर्न चाहेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था पनि बैंकले गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच