झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ उम्मेदवारको नाम सिफारिस गरिएको छ।
आज बसेको कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो।
सिफारिस हुने उम्मेदवारमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।
पार्टीका तत्कालीन महामन्त्री एवं वर्तमान उपसभापति शर्माले विसं २०७९ को निर्वाचनमा झापा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो।
गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। शर्मा यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि नयाँ नाम सिफारिस प्रक्रिया अघि बढाइएको क्षेत्रीय सभापति बुढाथोकीले बताउनुभयो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच