काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आइसिसी टी-२० विश्वकपको सुपर ८ चरणमा नेपाली क्रिकेट टिम पुगेको खण्डमा टोलीलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा डा. शर्माले उक्त घोषणा गर्नुभएको हो । उहाँले क्रिकेटसँग आफ्नो व्यक्तिगत नजिकको सम्बन्ध रहेको र यस सम्बन्धलाई अझ मजबुत बनाउने इच्छा रहेको पनि बताउनुभयो ।
डा. शर्माले नेपाली क्रिकेट टोली र उनीहरूको परिवारको उपचारको जिम्मेवारी आफूहरूले लिएको जानकारी दिनुभयो । उहाँले बताएअनुसार काठमाडौं मेडिकल कलेजसँग दुई वर्षको सम्झौता गरिएको छ जसअन्तर्गत खेलाडी र उनका परिवारलाई उपचार सुविधा उपलब्ध गराइनेछ । सम्झौता सकिएपछि यसलाई नवीकरण गर्ने पनि उहाँले बताउनुभयो ।
साथै, डा. शर्माले खेलाडीहरूको दीर्घकालीन सुरक्षा र भविष्यका लागि निजी क्षेत्रसहित सरकारसँग मिलेर खेलाडीहरूलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाल खेलिरहेका खेलाडीहरूले सन्न्यास लिए पनि आर्थिक अभावमा समस्या भोग्नुनपरोस् । सरकारले खेलाडीहरूको व्यवस्थापनमा समयमै ध्यान दिनु आवश्यक छ ।’
यो घोषणाले नेपाली क्रिकेट टोलीमा मात्र नभई सम्पूर्ण खेलकुद समुदायमा उत्साहको वातावरण सिर्जना गरेको छ । विशेषज्ञहरूले पनि यस कदमलाई खेलाडीहरूको मनोबल बढाउने सकारात्मक संकेतका रूपमा मूल्यांकन गरेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच