ललितपुर । ललितपुर महानगरपालिका-१९ को आयोजनामा सम्पन्न वडा कप खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फूयाँलले जित्नुभएको छ । फिडे वल्र्ड चेसको तत्वावधानमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आशिषले नौ चरणको खेलबाट आठ अंक जोड्दै पहिलो स्थान हासिल गर्नुभएको हो । निर्णायक नवौं चरणमा उहाँले सिएम सजिन महर्जनलाई पराजित गर्दै उपाधि सुरक्षित गर्नुभएको थियो । उपाधिसँगै आशिषले नगद १५ हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
७.५ अंक जोड्दै धरानका मुहान नरसिंह श्रेष्ठ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहँदै नगद १० हजार प्राप्त गर्नुभयो भने समान अंकका भक्तपुरका निकेन कुसाथा तेस्रो बन्दै नगद आठ हजार हात पार्नुभयो । ललितपुरका सिएम सजिन महर्जन चौथो स्थानमा रहँदै नगद ६ हजार र सुरज महर्जन पाँचौँ स्थानमा रहँदै नगद पाँच हजार प्राप्त गर्नुभयो ।
यस्तै, मकवानपुरका एफएम क्षितिज भण्डारी, काठमाडौंका बद्रीलाल नेपाली, पाँचथरका रिसोन थापा, काठमाडौंका सिएमए केशव श्रेष्ठ र स्याङ्जाका आकाश सुवेदीले समान सात अंक बनाउँदै दशौँ स्थानसम्मको नगद चार-चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
विधागत उत्कृष्टतर्फ महिलामा झापाका पुनम प्रसाईं प्रथम र कृतिशारा अधिकारी द्वितीय हुनुभयो । उत्कृष्ट नयाँ खेलाडीमा चितवनका सत्यम शर्मा प्रथम र पोखराका आयुष भण्डारी दोस्रो बर्नुभयो । उत्कृष्ट सिनियरतर्फ काठमाडौंका सिएम नवीन तण्डुकार प्रथम र सिएम भगवती प्रसाद शर्मा द्वितीय हुनुभयो ।
उत्कृष्ट युवा १६ वर्षमुनितर्फ मोरङका कशिभ कार्की प्रथम र काठमाडौंका सुभनदीप थापा द्वितीय बन्नुभयो । १४ वर्षमुनिमा भक्तपुरका प्रत्युस श्रेष्ठ प्रथम र साँखुका सोहम श्रेष्ठ द्वितीय हुनुभयो भने १२ वर्षमुनितर्फ भक्तपुरका ह्दय बस्नेत प्रथम र ललितपुरका सोयस राई दोस्रो बन्नुभयो ।
रेटिङ १८ सयमुनितर्फ भक्तपुरका प्रेम खड्का प्रथम र पोखराका शिशिर तिवारी द्वितीय हुनुभयो । रेटिङ १६ सयमुनितर्फ ललितपुरका श्रीयस दाहाल प्रथम र बनेपाका राजन बजगाईं द्वितीय बन्नुभयो । उत्कृष्ट स्थानीयतर्फ प्रलेस महर्जन प्रथम र विजय महर्जन द्वितीय हुनुभयो भने रौतहटका मुकेश बर्माले पनि पुरस्कार प्राप्त गर्नुभयो ।
पाटनस्थित रातो मच्छिन्द्रनाथ बहालमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले विजेता खेलाडीहरूलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
वडा नं. १९ का अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, प्रतियोगिता संयोजक तथा वडा सदस्य वीरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, निर्मला खड्गी लगायतको उपस्थिति थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच