डडेल्धुरा । आसन्न प्रतिनिधि सभा सदश्य निर्वाचनको मनोनयनका लागि तिन दिन बाँकी रहँदा पनि चुनावी सरगर्मी देखिएको छैन ।
फागुन २१ मा हुन गईरहेको आसन्न प्रतिनिधि सभा सदश्य निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने समय आईसक्दा पनि डडेल्धुरामा कुनै पनि दलका वा स्वतन्त्र उम्मेदवारको निर्वाचन गतिबिधि नहुँदा चुनाव आए जस्तो नै नदेखिएको स्थानीय बताउँछन् ।
उम्मेदवारीको टुंगो पार्टीले गर्ने र केन्द्रको राजनीतिले तरंगित हुने डडेल्धुरामा कुनै पनि राजनीतिक दलहरुले न त उम्मेदवारको छिनोफानो गरेका छन् न घोषणा पत्र नै, यस बिचमा मतदातासम्म कसरी पुग्ने भन्ने अन्योलताका कारण चुनावी चहलपहल हुन नसकेको स्थानीय राजनीति विश्लेषकको भनाई छ ।
पार्टीहरुको व्यस्तता हो कि वा पार्टीले मातहतमा चुनावी कार्यक्रम लक्षित नगरेको हो केहि बुझ्न नसकिएको भन्दै चुनावी चहलपहल जति हुनु पर्ने हो त्यति नभएको स्थानीय राजनीतिकर्मी लक्ष्मण सिंहले बताउनु भयो।
यस्तै फागुन २१ मा चुनाव हुनेमा विश्वस्त रहेका डडेल्धुराबासी चुनावी कार्यक्रम सामान्य तरिकाले सरगर्मी बढे पनि नयाँ पार्टी र उम्मेदवारको पखाईमा रहेकाले चुनावको चहलपहल बढन नसकेको स्थानीय बताउँछन् ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदश्य निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र तथा ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी र उपस्थितिपछि मात्रै चुनावी गतिबिधि तिब्र रुपमा संचालन हुने अनुमान गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच