काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छन् ।
आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट आइतबारदेखि नेपालमा सुरु हुँदै छ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । यस छनोटबाट कुल चार राष्ट्रले सन् २०२६ को जुनदेखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा इन्दुले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मिहेनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।
विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । कप्तान इन्दुले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठूलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् । आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् । सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ । उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् । यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् ।
आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ । कप्तान इन्दुले यति ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न दिएकोमा उनले आइसिसीलाई पनि धन्यवाद दिइन् । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेदरल्यान्ड, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछ । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् । नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा शुरु गर्नेछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा शुरु हुनेछ ।
थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले नेपालमै आयोजना भएको एसिया क्वालिफायरमा आफ्नो च्याम्पियन भएको स्मरण गर्दै सधैं एउटै प्रदर्शन नआउने उल्लेख गरेकी छन् । पछिल्लो नतिजा बिर्सेर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ । छनोटमा सहभागी सबै टोलीले राम्रो क्रिकेट खेल्ने उल्लेख गरेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच