काठमाडौं। नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवाअनुसार एसएसपी केदार खनाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेललाई प्रदेश प्रहरी कार्यालय भैरहवा र दीप शमशेर जबरालाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।
यस्तै, नान्तिराज गुरुङ बागमती प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा र विमलराज कँडेल प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएका छन्।
महन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखामा र रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा सरुवा गरिएको छ। बस्नेत यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए।
त्यसैगरी, बसन्त रजौरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र श्यामकुमार महतोलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतमा सरुवा गरिएको छ।
सन्तोष खड्काको सरुवा गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच