नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने, विगतका नेताहरूले आफूले विश्वास गरेको आदर्श र निष्ठा अनुसार नेतृत्वको जिम्मेवारी निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान पु¥याएका छन् । नेपाली कांग्रेसका जननायक बीपी कोइराला र लौहपुरुष गणेशमान सिंह अझै पनि आफ्नो सही राजनीतिक कारण र आदर्शको जीवित प्रतीकका रूपमा समाजमा देखिन्छन् । यिनै आदर्श, नैतिकता र जनताप्रति प्रतिबद्धताले नेतृत्वलाई संकटको समयमा पनि बचाउने शक्ति प्रदान गर्छ ।
नेपालको स्थायित्व, समृद्धि र लोकतन्त्रको मजबुतीका लागि सबै नागरिक, दल र नेताहरूले व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि देशको हित राखेर अघि बढ्नु अनिवार्य छ । केबल यस्तै सहकार्य र साझा दृष्टिकोणले हाम्रो देशलाई सधैं उन्नतिको मार्गमा राख्न सकिन्छ ।
त्यस्तै, कम्युनिष्ट आन्दोलनका अगुवाहरू मदन भण्डारी र जीवराज आश्रित स्वर्गीय भए पनि आफ्नो दूरदर्शिता र जनवादको विचारले अहिले पनि देशमा सूर्यजस्तो प्रकाश प्रदान गरिरहेका छन् । यसरी जनताको बहुदलीय जनवादको मूल्यमा कटिबद्ध नेताहरूप्रति षड्यन्त्रपूर्वक गरिएको अन्याय र कुत्सित व्यवहार इतिहासले प्रमाणित गरेको छ ।
हालको राजनीतिक वातावरणमा यस्ता घटना दोहोरिँदै आएका छन् । भदौ ३२ र २४ गतेको जन-जी विद्रोहको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरमार्फत उद्धार हुनु र विद्रोहीहरूको भौतिक कारबाहीबाट जोगिनु राष्ट्रिय राजनीतिक दृष्टिले महत्वपूर्ण घटना थियो । त्यस्तै, नेपाली कांग्रेसका सभापति दम्पतीलाई तत्कालीन जेन-जी आन्दोलनका क्रममा गम्भीर घाइते बनाउनु आफैंमा राजनीतिक विडम्बना हो ।
यसरी, इतिहास र वर्तमान घटनाले देखाउँछ कि नेतृत्व र व्यवस्थापनमा व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्र र जनताको हित राख्नसक्ने व्यक्तिहरूले मात्र संकटलाई अवसरमा परिणत गर्न सक्छन् । उदाहरूणका लागि, पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा देशले तत्काल संकटबाट मुक्तिको बाटो पाएको थियो । उनका प्रयासले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति निर्धारण गर्न सम्भव भएको थियो र अहिले सबै दलहरू महाधिवेशन गरेर लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्दै चुनावतर्फ अघि बढिरहेका छन् ।
तर, अन्य दलजस्तै एमाले, आफ्नो स्वार्थ र गुटगत नीतिका कारण प्रतिस्पर्धीलाई निषेध गर्न खोज्ने प्रवृत्तिमा छन् । यसले देखाउँछ कि स्वेच्छाचारी प्रवृत्ति अझै नेपाली राजनीतिको एउटा चुनौती हो । त्यसैले, पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितलाई प्राथमिकता दिनु अहिले सबै दलको साझा जिम्मेवारी हो ।
विशेषगरी, नेपाली कांग्रेसमा हाल विशेष महाधिवेशन हुँदैछ, जसले देशको लोकतान्त्रिक अभ्यासलाई पुनः सुदृढ बनाउने आशा जगाएको छ । यस प्रकारका महाधिवेशन र पार्टीगत नेतृत्वको निरन्तर अभ्यासले मात्र देशलाई संकटबाट माथि उठाउन सहयोग पुर्याउँछ । अन्ततः, नेपालको स्थायित्व, समृद्धि र लोकतन्त्रको मजबुतिका लागि सबै नागरिक, दल र नेताहरूले व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि देशको हित राखेर अघि बढ्नु अनिवार्य छ । केवल यस्तै सहकार्य र साझा दृष्टिकोणले हाम्रो देशलाई सधैं उन्नतिको मार्गमा राख्न सकिन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच