नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस (नेका)लामो समयदेखि लोकतन्त्रको स्तम्भको रूपमा परिचित छ । सन् १९४७ मा स्थापना भएको यस पार्टीले देशमा प्रजातान्त्रिक आन्दोलन, संविधान निर्माण र संघीय लोकतान्त्रिक प्रणालीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली कांग्रेसले पहिलोपटक बहुदलीय लोकतन्त्रको स्थापना गरेको थियो र पञ्चायतकालीन शासनपछि पुनः राजनीतिक शक्ति सम्हाल्दै आएको थियो । विगतमा पार्टीभित्रको संघर्ष, गुटीय प्रतिस्पर्धा र नेतृत्वको अस्थिरताले यसका निर्णायक क्षमतामा गम्भीर असर पुर्यायो । यही संवेदनशील मोडमा गगन थापाले पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनु नेपाली कांग्रेसको इतिहासमा ऐतिहासिक मोडको रूपमा हेरिएको छ । उनको नेतृत्वले पार्टीको संगठनात्मक पुनरुत्थानमात्र नभई समग्र राजनीतिक प्रभाव र दिगोपन पुनःस्थापना गर्ने अवसर प्रस्तुत गरेको छ ।
आजको अवस्थामा फुट होइन, जुट अपरिहार्य छ । कांग्रेसलाई विभाजन होइन एकता, टकराव होइन संवाद, जित-हारको हिसाब होइन, पार्टी जोगाउने साझा संकल्प चाहिएको छ । समाधानको एकमात्र यथार्थपरक बाटो वार्ता, संवादसँगै त्यागको आश्यक छ । दुवै पक्षले एक-अर्कालाई पराजित गर्ने सोच त्यागेर पार्टीलाई दीर्घकालसम्म जीवित, सशक्त र भरोसायोग्य बनाउने दिशामा सोच्नुपर्छ ।
गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको सबैभन्दा ठूलो चुनौती पार्टी एकता कायम राख्नु हो । कांग्रेसभित्र सदियौँदेखि भित्री संघर्ष, विभिन्न गुट र व्यक्तित्वगत टकराव प्रचलित छन् । संसदीय दल, कार्यसमिति र स्थानीय नेतृत्वबीच मतभेदलाई सन्तुलित गर्दै पार्टी चलयमान बनाउँदै सबै पक्षलाई समेट्नु सजिलो भने पक्कै छैन । विगतमा पार्टीभित्रको अस्थिरताले निर्वाचन परिणाम र सरकार गठनमा प्रतिकूल असर पु¥याएको देखिन्छ । गगन थापाले युवा नेता र अनुभवी नेताबीचको सन्तुलन, भित्री संवाद र समन्वयमार्फत पार्टीलाई एकजुट राख्ने चुनौती सामना गर्नुपर्नेछ । यस सन्दर्भमा उनको नेतृत्व केवल संगठनात्मकमात्र होइन, राजनीतिक स्थायित्वको प्रतीक बन्ने सम्भावना राख्छ ।
युवा नेतृत्व र सक्रिय सहभागिता थापाको कार्यकालमा प्रमुख आवश्यकता बनेको छ । परम्परागत संरचना प्रायः वृद्ध नेतामुखी रहँदै आएको छ । युवा शक्ति सीमित रूपमा मात्र समावेश छ । युवाले पार्टीको धारणा, सामाजिक सञ्जाल प्रयोग र नयाँ नीतिगत दृष्टिकोणलाई तिव्र बनाउन सक्छन् । यसले कांग्रेसलाई नयाँ मतदाता वर्ग, विशेषगरी १८-३५ उमेर समूहमा, आकर्षित गर्ने अवसर दिन्छ । तथापि, पुराना गुटका नेताहरूले युवालाई पूर्ण समर्थन नदिन सक्ने सम्भावना छ । त्यसैले गगनले मात्र युवालाई अवसर दिनु पर्याप्त छैन, उनको सहभागिता र नेतृत्व क्षमतालाई सुनिश्चित गर्ने संरचना बनाउनुपर्नेछ ।
नेपाली कांग्रेसको अर्को चुनौती आगामी निर्वाचन तयारी हो । विगतका चुनावमा पार्टीले केही जिल्लामा आफ्नो आधार कमजोर पारेको थियो । फेरि पार्टीभित्र देखिएको आन्तरिक विवादले आगामी निर्वाचनलाई थप चुनौतीपूर्ण बनाउने देखिन्छ । गगन थापाको कार्यभार केवल चुनावी रणनीतिमात्र होइन, राष्ट्रियस्तरमा कांग्रेसको राजनीतिक प्रभाव पुनःस्थापना गर्नु हो । प्रतिस्पर्धी दलहरूको उदय जस्तै रास्वपा, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र नयाँ राजनीतिक संगठनहरूले कांग्रेसको पारम्परिक मतदाता आधारमा प्रभाव पार्नेछन् । भोटर अपेक्षामा परिवर्तन भएको छ, युवापुस्ताको प्राथमिकतामा रोजगारी, शिक्षा, स्वास्थ्य र प्रविधि आधारित विकास प्रमुख छन् । कांग्रेसले नयाँ नीतिहरू प्रस्तुत गर्दै यी अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ ।
गठबन्धन निर्माण र वैचारिक स्पष्टता पनि गगन थापाको नेतृत्वका महत्वपूर्ण आयाम हुन् । नेपालमा बहुदलीय प्रणालीमा कुनै पनि दलले एक्लै स्थायित्व कायम राख्न कठिन छ । उनले सामाजिक, क्षेत्रीय र राजनीतिक गठबन्धन निर्माण गर्दै पार्टीको स्वतन्त्र नीति र मूल्य कायम राख्नुपर्नेछ । पार्टीले नीति र विचारधारामा स्पष्टता ल्याउनु आवश्यक छ । आर्थिक नीतिमा आधुनिकरण, सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य, प्रविधि र नवप्रवर्तनमा ध्यान दिने जस्ता कदमले कांग्रेसलाई नयाँ युगको आवश्यकता अनुसार तयार पार्नसक्छ ।
आजको संवेदनशील मोडमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले देशको लोकतान्त्रिक संरचनामा प्रत्यक्ष असर पार्न थालेको छ । पार्टीभित्रको अन्योल र झगडाले नेतृत्वको क्षमता कमजोर भएको अनुभूति कार्यकर्तामा बढाइरहेको छ । यसले केवल पार्टीको आन्तरिक समस्यामात्र होइन, मुलुकको लोकतान्त्रिक स्थायित्वमा प्रश्न उठाएको छ । सशक्त विपक्ष र जिम्मेवार राजनीतिक दलको अनुपस्थिति हुँदा लोकतन्त्र बलियो हुनसक्दैन । कांग्रेसभित्रको द्वन्द्वले सत्ताको आलोचना गर्ने क्षमता कमजोर बनाएको छ, वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने भूमिकामा पनि पार्टी असक्षम देखिन्छ । यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँदै लैजान्छ तथा नागरिकबीच निराशा बढ्छ ।
नेतृत्वको कमजोरपनाले कार्यकर्ता र मतदाता स्तरमा निराशा बढाएको थियो । कांग्रेसका झण्डा बोकेर आन्दोलनमा सहभागी भएका र जेलजीवन बिताएका कार्यकर्ता आज आफू उपेक्षित भएको महसुस गर्छन् । नेतृत्वको प्राथमिकतामा उनीहरूको आवाज सुन्न नसकिने अनुभवले संगठनात्मक ऊर्जा खस्कँदै गएको थियो र यसले प्रत्यक्ष रूपमा निर्वाचन परिणाममा असर पु¥याउँने आंकलन गरिएको थियो । अब पनि यस्तै प्रवृत्ति जारी रह्यो भने पार्टी आफ्नो ऐतिहासिक पहिचान र जनविश्वास गुमाउने जोखिममा पर्नेछ ।
आजको परिस्थितिमा कांग्रेसलाई व्यक्तिको वरिपरि घुम्ने राजनीति होइन, विधि, विचार र संस्थागत अभ्यासमा फर्कने साहसी निर्णय आवश्यक छ । इतिहासले देखाएको छ कि क्षणिक राजनीतिक जितहरूले दीर्घकालमा पार्टीलाई गहिरो क्षति पु¥याउँछ । संगठन कमजोर हुन्छ, कार्यकर्ता निरुत्साहित हुन्छन् र जनतासँगको भावनात्मक सम्बन्ध क्रमशः कमजोर हुँदैजान्छ । यसले पार्टीको जनाधार क्षय गर्ने खतरा बढाउँछ । परम्परागत मतदाता अन्योलमा पर्छन्, नयाँ पुस्ता निराश हुन्छ र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने नागरिकहरू राजनीतिक रूपमा विमुख हुनथाल्छन् ।
गगनको नेतृत्वले कांग्रेसलाई केवल आन्तरिक संगठन सुधारको मात्र अवसर प्रदान गर्ने छैन, यो पार्टीको ऐतिहासिक जिम्मेवारी र मुलुकको लोकतान्त्रिक भविष्यसँग जोडिएको छ । उनले एकता कायम गर्दै, संवाद र सहमतिको वातावरण सिर्जना गर्दै, नीति र विचारधारामा स्पष्टता ल्याएर पार्टीलाई दीर्घकालीन रूपमा सशक्त बनाउनुपर्छ । यस्ता कदम सफल भए, नेपाली कांग्रेस केवल आफ्नो ऐतिहासिक पहिचान कायम राख्नेमात्र होइन, नयाँ युगको राजनीतिक नेतृत्वमा अग्रणी बन्नेछ ।
आजको अवस्थामा फुट होइन, जुट अपरिहार्य छ । कांग्रेसलाई विभाजन होइन एकता, टकराव होइन संवाद, जित–हारको हिसाब होइन, पार्टी जोगाउने साझा संकल्प चाहिएको छ । समाधानको एकमात्र यथार्थपरक बाटो वार्ता, संवादसँगै त्यागको आश्यक छ । दुवै पक्षले एक–अर्कालाई पराजित गर्ने सोच त्यागेर पार्टीलाई दीर्घकालसम्म जीवित, सशक्त र भरोसायोग्य बनाउने दिशामा सोच्नुपर्छ । विधि, विधान र भावनाबीच सन्तुलन कायम गर्दै संस्थागत निकास खोज्न सकियो भने कांग्रेस सच्चिन सक्छ । अन्यथा इतिहासले यो क्षणलाई कांग्रेसले आफ्नै खुट्टामा बञ्चरो हानेको समयका रूपमा सम्झनेछ ।
नेपाली कांग्रेस आज इतिहासकै सबैभन्दा जटिल र संवेदनशील मोडमा उभिएको छ । पार्टीभित्र नेतृत्व, विधि र वैधानिकताको विषयलाई लिएर देखिएको तीव्र टकरावले अन्नतः कांग्रेसलाई विभाजन गरेको छ । एकातिर आन्तरिक गुटबन्दी, नेतृत्वप्रतिको असन्तुष्टि र संगठनात्मक कमजोरीले पार्टीलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर बदलिँदो राजनीतिक चेतना, युवा पुस्ताको अपेक्षा र नयाँ शक्तिहरूको उदयले कांग्रेसलाई गम्भीर चुनौती दिइरहेको छ । लामो समयसम्म लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी आज आफ्नै पहिचान र दिशाबारे स्पष्ट निर्णय लिन नसक्ने अवस्थामा पुगेको देखिन्छ ।
गगन थापाको नेतृत्वले अघि देखिएका समस्या र भविष्यमा आउनसक्ने चुनौतीलाई परिपक्वताको विवेकपूर्ण ढंगले व्यवस्थापन गर्नसके, कांग्रेसले केवल आफ्नो ऐतिहासिक पहिचान कायम राख्नेमात्र छैन, नयाँ युगको राजनीतिक नेतृत्वमा अग्रणी बन्न सक्नेछ ।
सरकारमा होस् वा प्रतिपक्षमा, कांग्रेसले जनताको भरोसा कायम राख्ने ठोस नीति र कार्यशैली प्रस्तुत गर्न नसकेको आरोप लाग्दै आएको थियो । सत्ता समीकरणका नाममा गरिएका सम्झौता, वैचारिक अस्पष्टता र अवसरवादी राजनीतिले पार्टीको ऐतिहासिक छविमा धक्का पुर्याएको थियो । यही कारण कार्यकर्ता तहमा निराशा, मतदाताको विश्वास क्रमशः क्षीण हुँदै गएको देखिन्छ । पार्टीले इतिहासबाट पाठ सिकेर एकता, संवाद र संस्थागत समाधानको बाटो रोजेन भने, आज देखिएको संकट भोलि केवल कांग्रेसको समस्या नहुने, मुलुककै लोकतान्त्रिक यात्रामा दीर्घकालीन घाउ बनेर बस्ने खतरा छ ।
गगनको सभापतित्व नेपाली कांग्रेसका लागि ऐतिहासिक मोड हो । यो केवल नेतृत्वको पद नभएर पार्टीको पुनरुत्थान, युवा सशक्तिकरण, भित्री एकता र राष्ट्रिय राजनीतिमा पुनः प्रभावको प्रतीक हो । उनको कार्यभार बहुआयामिक छ–पार्टीभित्रको एकता कायम राख्नु, युवालाई नेतृत्वमा समावेश गर्नु, निर्वाचन र राष्ट्रिय राजनीतिक प्रभाव पुनःस्थापना गर्नु, गठबन्धन रणनीति बनाउनु, नीति र विचारधारामा स्पष्टता ल्याउनु, लोकतान्त्रिक मूल्यको संरक्षण गर्नु । यी सबै चुनौतीरूलाई सन्तुलनमा राखेर गगन थापाले नेपाली कांग्रेसलाई नयाँ शक्ति र दिगोपन दिनसक्ने सम्भावना छ ।
समग्रमा, गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले जुनसुकै चुनौती सामना गरे पनि यदि पार्टीभित्रको एकता, रणनीति र नीतिगत स्पष्टता कायम रह्यो भने, यो पार्टी केवल आफ्नो ऐतिहासिक पहिचानमात्र होइन, नयाँ युगको राजनीतिक नेतृत्वमा अग्रणी बन्नेछ । अहिले उनलाई हार्दिक बधाई तथा शुभकामना दिनुको साथै आगामी दिनमा चाल्नुपर्ने कदममा सजग रहन आवश्यक छ । युवाले देखेको देशको समृद्धिको नेतृत्व गर्न उनले आफ्नै पार्टीभित्रका विभिन्न अवरोध र बाह्य परिस्थितिलाई चिर्दै अघि बढ्नुपर्नेछ ।
नेपालमा राजनीतिक अस्थिरता, प्रजातान्त्रिक मूल्यको कमजोर प्रवृत्ति र प्रशासनिक चुनौतीको यो समयमा कांग्रेसले लोकतान्त्रिक मूल्य प्रवद्र्धन गर्न सक्यो भने, केवलमात्र पार्टी सशक्त बनाउने छैन, समग्र राष्ट्रिय लोकतन्त्रको स्थायित्वमा योगदान दिनेछ । नेपाली कांग्रेसभित्रको आजको द्वन्द्व केवल आन्तरिक सत्ता संघर्ष होइन, यो लोकतन्त्रको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो ।
यसैले आजको आवश्यकता जुटको वातावरण सिर्जना गर्नु हो । कांग्रेस विभाजन होइन, जित–हारको हिसाब होइन, साझा संकल्प चाहिएको छ । गगन थापाको नेतृत्वले अघि देखिएका समस्या र भविष्यमा आउनसक्ने चुनौतीलाई परिपक्वताको विवेकपूर्ण ढंगले व्यवस्थापन गर्नसके, कांग्रेसले केवल आफ्नो ऐतिहासिक पहिचान कायम राख्नेमात्र छैन, नयाँ युगको राजनीतिक नेतृत्वमा अग्रणी बन्न सक्नेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच