काठमाडौं । नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डसँग भिड्दै यो प्रतियोगिताको सुरुवात गर्दैछ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पत्रकार सम्मेलन गर्दै नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राखेको छ । नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने दाबी गरेकी छन् ।
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन्। यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ। अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको कप्तान बर्माको भनाइ छ ।
महिला क्रिकेटतर्फ देशले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो । यस्तो प्रतियोगिताले नयाँ पुस्तालाई अघि बढ्ने अवसर प्रदान गर्ने कप्तान इन्दुको भनाइ छ । कार्यक्रममा नामिबिया, अमेरिकासहित टिमका कप्तानले पनि अभ्यास खेलले नेपाली क्रिकेटको पिच र मैदानको अवस्था बुझ्ने बताउँदै यो प्रतियोगिताका लागि उत्कृष्ट तयारी बन्ने उल्लेख गरेका छन् ।
आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ । नेपाल र थइल्याण्डको खेल आइतबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच