काठमाडौं । नेकपा एमालेले आगामी सरकारको नेतृत्व आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिने तयारी औपचारिक रूपमा अघि बढाएको छ । शनिबार सम्पन्न सचिवालय बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टी सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गर्दै एमाले नेतृत्वमा सरकार गठन गर्ने लक्ष्य स्पष्ट रहेको बताउनुभएको छ । उहाँका अनुसार पार्टीले पूर्ण बहुमत हासिल गर्ने सम्भावना अझै मजबुत रहेकाले त्यसलाई सुनिश्चित गर्न संगठनलाई सक्रिय बनाइनेछ ।
बस्नेतले चुनौतीपूर्ण राजनीतिक परिस्थितिको सामना गर्दै लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणका लागि एमाले दृढताका साथ अघि बढ्ने उल्लेख पनि गर्नुभएको छ । पार्टी नेतृत्व आगामी दिनमा जनसमर्थनलाई निर्णायक परिणाममा बदल्ने रणनीतिमा केन्द्रित रहने संकेत उहाँले दिनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच