स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार चयन गरेको हो ।
स्याङ्जा-१ का उम्मेदवार गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन् । लामो सम यदेखि राजनीतिसँगै सामाजिक संघ-संस्थामा सक्रिय रहँदै आएका उनी एमाले स्याङ्जाको पूर्व अध्यक्षसमेत भइसकेका छन् ।
यस्तै, स्याङ्जा-२ बाट उम्मेदवार बनेका खिमबहादुर थापा हाल कालिगण्डकी गाउँपालिकाका अध्यक्ष छन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । थापा २०७४ र २०७९ सालमा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिवसमेत रहेका थापा हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
एमालेले उम्मेदवार टुङ्ग्याएसँगै स्याङ्जामा निर्वाचनको माहोल थप तातेको छ । अन्य राजनीतिक दलहरू पनि आ-आफ्ना उम्मेदवार छनोट गर्ने तयारीमा जुटिरहेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच