काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुविना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।
यसैगरी, पूजा महतोले १२ रन बनाइन् । यी बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनिदा चातुरोङ्ग्रातानाले समान एकएक विकेट लिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच