काठमाडाैं । जलविद्युत्का समस्यालाई गम्भीर रुपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । जलविद्युत् क्षेत्रका कामहरु गर्न १६ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता नहटेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले त्यस्तो झन्झट तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।
सरकारले २०३५ मा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर मात्रै नहुने भन्दै निजी क्षेत्रका अगुवाहरुले यसका लागि खर्बौं लगानी आवश्यक पर्ने भन्दै उनीहरुले लगानीको वातावरण तयार हुनुपर्नेमा जोड दिएका छन् ।
२६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान ) अध्यक्ष गशेष कार्कीले उर्जामा ठूलो लगानी चाहिने भएकाले सरकारले नै समस्या सिर्जना गर्न नहुने बताउनु भयो । उहाँले नेपालका निजी क्षेत्रलाई सरकारले अघि बढाउन सरकारले सोही अनुकुलको वातावरण तयार गरिदिनुपर्ने बताउनु भयो । अध्यक्ष कार्कीले ३६ हजार मेगावाटका लाइसेन्स दिएर मात्रै नहुने भन्दै झन्झट हटाउन जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष कार्कीले भन्नुभयो- ‘उर्जामा ठूलो लगानी चाहिन्छ भनेर नेपाल सरकारले भनिरहेको छ । ६२ खर्ब लगानी जरुरी छ भनिरहँदा अर्कोतिर सरकारले नै समस्या नै समस्या दिन खोजिरहेको छ । कि नेपालका निजी क्षेत्रलाई सरकारले अघि बढाइदिनुपर्यो होइन भने ३६००० मेगावाटका लाइसेन्स दिइएको छ र अझै पनि लाइसेन्स लिनका लागि आउनुस् भनिएको छ, कि सबै लाइसेन्स सरकारले फिर्ता लिनुपर्यो । खर्च भएको रकम फिर्ता गरेर सरकारले लाइसेन्स फिर्ता लैजाओस् । त्यसो भएन भने थ्रुपै नेपालीको घर खेत जाने स्थीति छ । अहिले हामी के चाहन्छौं भने उर्जा मन्त्रालय बलियो होस् । अहिले १६ ओटा मन्त्रालय धाउनुपर्छ । १० वर्षमा २८ हजार मेगावाट बिजुली बनाउने भनिएको छ । मन्त्रालयहरु धाउँदा धाउँदै थ्रुपै काम गर्नै नभ्याइने अवस्था छ । नयाँ सरकार आउने चरणमा छ, नयाँ सरकारले यसबारेमा केही गर्ला नै, तर नयाँ सरकार आउनुअघि यसका बारेमा केही गरिदियो भने यो अहिले उपयुक्त समय छ ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले जलविद्युत्का कामहरु गर्न विभिन्न १६ वटा मन्त्रालय धाउनुपर्ने जुन समस्या छ, त्यसलाई तत्काल हटाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार सरकारले एकद्वार प्रणालीमार्फत छिटो भन्दा छिटो त्यो समस्यालाई हटाएर लगानीकर्तालाई परेको समस्यालाई छिटो सम्बोधन गर्नुपछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच