भोजपुर । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचका लागि खटिने निर्वाचन प्रहरी छनोट प्रक्रिया भोजपुरमा सुरु गरिएको छ । प्रहरीले आवश्यक जनशक्ति छनोटको काम सोमवारबाट सुरु गर्नेछ ।
भर्ना प्रक्रियाका लागि आवेदन गरेकाहरुलाई सम्पर्कमा बोलाएर छनोट प्रक्रिया सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजु लामाले जानकारी दिनुभयो । उहाँकाअनुसार भोजपुरमा प्रहरी तर्फ एक हजार एक जना र सशस्त्र प्रहरी तर्फ ९६ जना गरी कुल एक हजार ९७ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो ।
शनिवारसम्मको अन्तिम दिनमा निर्वाचन प्रहरीका लागि एक हजार एक सय दुई जना र सशस्त्र तर्फ एक सय जनाको आवेदन दर्ता भएको थियो । पुरुष तर्फ सात सय एक जना र महिला तीन सय तथा सशस्त्र तर्फ ९६ जना निर्वाचन प्रहरी छनोट गरिने छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमवारबाट निर्वाचन प्रहरी छनोटको काम सुरु हुने सूचना प्रकाशित गर्दै जनाएको छ । भोजपुरका लागि ८७ वटा मतदानस्थल र अस्थायीसहित एक सय ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाता संख्या भने एक लाख २५ हजार सात सय ६६ जना रहेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच