कालीकोट । नेकपा एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोट जिल्लाबाट पुनः उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएको छ । जिल्ला पार्टी, केन्द्रीय नेतृत्व तथा सिंगो पार्टीपंक्तिको सर्वसम्मत समर्थनसहित उहाँलाई उम्मेदवारका रूपमा अगाडि सारिएको हो ।
उम्मेदवारी सार्वजनिक गर्दै शाहीले जिल्ला तथा केन्द्रका नेता-कार्यकर्ता, शुभचिन्तक र कालीकोटवासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएकाे छ । “भरोसा कालीकोटको, संकल्प समृद्धिको” भन्ने नारासहित चुनावी अभियानमा होमिनु भएका शाही दोस्रो पटक कालीकोटका जनताको मन जित्न आफू जनतामाझ आएको बताउभयाे ।
०७९ सालको निर्वाचनमा पराजित भए पनि त्यसलाई असफलता नभई,आफूले सिकाइको अवसरका रूपमा लिएको उहाँको भनाई छ । उहाँले सो निर्वाचनमा आफूलाई मत दिएका १६ हजार ७२४ मतदाता मात्र होइन, सबै मतदाताप्रति सधैं सुख-दुःखको साथी बनेर रहने प्रतिबद्धता समेत जनाउनुभयाे । “विजयी हुन नसके पनि म सधैं कालीकोटका जनताको आवाज सुन्ने र बोल्ने काममा निरन्तर लागिरहेको छु,” शाहीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
फेरि एकपटक पार्टीले आफूलाई कालीकोटवासीको काखमा पठाएको उल्लेख गर्दै उहाँले जनताको विश्वास जित्ने अठोट दोहोर्याउनुभयाे । कालीकोटलाई राष्ट्रिय राजनीतिमा निर्णायक जिल्ला बनाउने, आवश्यकताअनुसार अधिकार र स्रोत लिने पहिचान स्थापित गर्ने तथा युवा, महिला, दलित र सिंगो कालिकोटको साझा आवाज बन्ने प्रतिबद्धता उनले व्यक्त गर्नुभएकाे छ ।
“अब कालीकोट सधैं दिने मात्र होइन, आफ्नो आवश्यकता अनुसार लिने जिल्ला बन्नुपर्छ,” भन्दै शाहीले समृद्धिको सपना साकार पार्ने सेतु बन्ने वाचा गर्नुभएकाे छ । उहाँले आफ्नो मतको गरिमा कहिल्यै घट्न नदिने र ‘मेरो मत खेर गयो’ भन्ने गुनासो कसैलाई गर्न नदिने दाबी गर्नुभयाे ।
२०७९ मा आफूलाई मतदान नगर्ने मतदाताको मन पनि यसबीचमा परिवर्तन भएको विश्वास व्यक्त गर्दै शाहीले निरन्तर सक्रियता र जनतामाझको उपस्थितिले विश्वास जितेको बताउनुभयाे । “यो पटक मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्नेमा म ढुक्क छु,” उहाँले भन्नुभयाे ।
सधैं जनताकै माझ रहने जनसेवकका रूपमा आफूलाई सम्झन आग्रह गर्दै नगिन्द्र शाही (नेशनल) ले कालीकोटको सेवाका लागि फेरि एकपटक अवसर दिन अपिल गर्नुभएकाे छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच